MENU

अस्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट

Australia qualify for the 2022 World Cup following 5-4 penalty shootout win over Peru. Socceroos
Australia qualifies for the 2022 World Cup following 5-4 penalty shootout win over Peru.

अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्वकप (2022 World Cup) मा छनोट हुने ३१ औँ टोली बनेको छ ।

गोलकिपर एन्ड्रयु रेडमेन नायक बनेपछि अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५- ४ गोलले हराएको हो ।

निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो । रेडमेनले अन्तिममा एलेक्स भलेराको प्रहार रोक्दै अस्ट्रेलियालाई लगातार पाँचौ विश्वकमा छनोट गराउन सफल भए ।

अस्ट्रेलिया २००६ को विश्वकप पछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ ।

अस्ट्रेलिया समूह डीमा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहनेछ । विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुंगो मंगलबार लाग्नेछ ।

अन्तिम स्थानका लागि कोस्टारिका र न्युजिल्याण्ड भिड्नेछन् ।

याे पनि पढ्नुहाेस् ।

मेलबर्नमा नेपालीको मन्दिर र गुम्बासहितको सांस्कृतिक केन्द्र बन्ने