MENU

अस्ट्रेलियन दुतावासको सहयोगमा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालका लागि अस्ट्रेलियन राजदूतको सहयोग र बीइइ समुहसँगको सहकार्यका केयर नेपालले बाँके जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ रोकथामसँग सम्बन्धीत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

त्यसक्रममा पाँच हजार जान एन्टिेजेन परिक्षण किट, ४० हजार थान सर्जिकल मास्क, २५० थान भिटिएम र होम आइसोलेशनका सामग्री हस्तान्तरण गरिएको केयर नेपालले बताएको छ ।

प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जिल्ला कोभिड–१९ समन्वय समितिलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त स्वास्थ्य सामग्री जुटाउन नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भल्कको सहयोग रहेको बताइएको छ ।