MENU

भब्य भयो नेपाल फेस्टिवल मेलबर्न (फोटो फिचर)

6th edition of 𝗡𝗲𝗽𝗮𝗹 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗮𝗹 𝗠𝗲𝗹𝗯𝗼𝘂𝗿𝗻𝗲 2022, Nepalese in Australia, Nepalese cultural in Australia, Nepalese in Victoria
NRNA Australia Board of Directors with His Excellency Ambassador of Nepal to Australia Mr. Kailash Raj Pokharel gracing the audience during the Nepal Festival Melbourne 2022.

मेलबर्न । एनआरएनए अस्ट्रेलियाको सिग्नेचर कार्यक्रम नेपाल फेस्टिवल (Nepal Festival Melbourne) सेप्टेम्बर १० शनिवार फेडेरेशन स्कयरमा भव्यताको साथ सम्पन्न भएको छ । फेस्टिवलमा सहभागिता हुन अस्ट्रेलियाको विभिन्न राज्यबाट एनआरएनएका पदाधिकारी लगायत अन्य व्यक्तिरुको उपस्थित रहेको थियो ।

अस्ट्रेलियाकोलागि नेपाली राजदूत कैलाश राज पोख्रेल प्रमुख अतिथि रहेको यस फेस्टिवलमा विशेष अथितिहरुमा भिक्टोरीयाको महिला तथा शिक्षा मन्त्री नतालि हुचिहिन्स, उर्जा मन्त्री लिलि एम्ब्रोरोसियो, लेबरका फेडरल एमपी पिटर खलिल, लिभरलका फेडरल एमपी डेभिड कोल्म्यान, मेयर, काउन्सिरल लगायत विभिन्न अरु सरकारी विभागका प्रतिनिधिहरु उपस्थित भएका थिए । त्यसैगरी भिक्टोरीयाको लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनए आईसीसी अपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण काफ्ले, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग लगायत विभिन्न राज्यवाट एनआरएनका संयोजक तथा प्रतिनिधिहरु उपस्थित भएका थिए ।

His Excellency Ambassador of Nepal to Australia Mr. Kailash Raj Pokharel delivering the inaugural speech at the Nepal Festival Melbourne 2022
His Excellency Ambassador of Nepal to Australia Mr. Kailash Raj Pokharel delivering the inaugural speech at the Nepal Festival Melbourne 2022

बिहान ११ वजे टेजररी विल्डिङ्गबाट परेड शुरु गरेर नेपाल फेस्टिवलको शुभमुहर्त गरिएको थियो । परेडमा राजदूत कैलाश पोख्रेलदेखि एनआरएनए आईसीसी, एनसीसी र एसीसीका सबै पदाधिकारीहरुपनि उपस्थित भएका थिए । नेपाल र अस्ट्रेलियाको झण्डा फर्फराउँदै फेडेरेशन स्कयरमाआइपुगेको परेडमा कुमारी, बुद्ध देखि लिएर पन्चे वाजा तथा विभिन्न संस्कृतिको मौलिक नृत्य देखि क्रियाकलापहरु आकार्षण थिए ।

एकदेखि तीनवजेसम्म चलेको औपचारीक कार्यक्रम पानसमा बत्ती वालेर गरिएको थियो । दुवै देशको राष्ट्रिय गाना वजाउँदै गर्दा भर्खरै अवशान भएकी वेलायतकी महारानी एलिजावेथको शोकमा एक मिनेट मौन धारणा पनि गरिएको थियो ।

Nepal’s national flags hoisted at Nepal Festival Melbourne 2022 event venue Federation Square
Nepal’s national flags hoisted at Nepal Festival Melbourne 2022 event venue Federation Square

कार्यक्रममा बोल्दै एनआरएनए उपाध्यक्षा एवं भिक्टोरीयाका संयोजक हरि खड्का, राजदूत कैलाश राज पोख्रेल, महावाणिज्यदूत चन्द्र योन्जन, आईसीसी उपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण खड्का,  एनआरएनए अस्ट्रेलिया अध्यक्ष नन्द गुरुङ्ग, रिजनल कोर्डीनेटर दिनेशराज जोशी लगायत सबैजनाले नेपाल फेस्टिवलको वृहत मेलाको प्रंशसा गर्दै यसमा खट्ने सबैलाई धन्यवाद दिएर सबै जना कुनै जातजाती, राजनैतिक पार्टीको भन्दा पनि नेपाली भएर चिनाउनु पर्छ भनेर जोड दिएका थिए । सबैजनाले नेपालीहरुको विविधतामा एकताको बारेमा बीचार राखेका थिए ।

त्यसैगरेर शिक्षा मन्त्री नतालि, उर्जा मन्त्री लिलि, फेडरल एमपीद्वय पिटर र डेभिडले नेपाली संस्कृति सुन्दर र धनी रहेको बताएका थिए ।

Nepal Festival Melbourne

कार्यक्रममा सहभागि हुने सबैजना खादा र ढाका टोपि लगाएर स्वागत गरिएको थियो । विभिन्न नृत्यसहित संगीतले फेस्टिवलको माहोल तातिएको थियो । फेस्टिवलमा लोक दोहोरी गायक बद्री पंगेनी, गायिका एलिना चौहान र व्याण्ड कववेभले दमदार प्रस्तुती दिइएको थियो ।

The guest singer from Nepal Badri Pangeni entertaining the crowd at Nepal Festival Melbourne
The guest singer from Nepal Badri Pangeni entertaining the crowd at Nepal Festival Melbourne

𝗡𝗲𝗽𝗮𝗹 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗮𝗹 𝗠𝗲𝗹𝗯𝗼𝘂𝗿𝗻𝗲

𝗡𝗲𝗽𝗮𝗹 𝗙𝗲𝘀𝘁𝗶𝘃𝗮𝗹 𝗠𝗲𝗹𝗯𝗼𝘂𝗿𝗻𝗲