MENU

चितवन समाज अस्ट्रेलियाद्धारा सिड्नीमा रक्तदान

Chitwan Smamj Australia Blood Donation

सिड्नी । चितवन समाज अस्ट्रेलियाको आयोजनामा सिड्नीमा रक्तदान कार्यक्र सम्पन्न भएको छ ।

समजले गएको शनिवार १७ अक्टोबरमा रेडक्रसको पारामाटा ब्लड डोनर्स सेन्टरमा उक्त रक्तदान आयोजना गरेको कार्यक्रम संयोजक बिकास बर्तौलाले जानकारी दिए ।

शिनिवार १० जनाले रक्तदान गरेका थिए भने समय अभावले रक्तदान गर्न नभ्याएकाहरुको लागि आगामी शनिवार २४ अक्टोवरमा पनि आयोजना गरिएको संयोजक बर्तौलाले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

रक्तदान जीवनदान  भन्ने भावनाले समाजले हरेक वर्ष रक्तदान गर्दै आएको छ । अहिले कोरोना भाइरसको कारण रगतको अभाव भएको भनेर रेड क्रसले सार्वजनिक रुपमा आहवान गरेकोले पनि यो कार्यक्रम गरिएको चितवन समाज अस्ट्रेलियाका अध्यक्ष छवि सापकोटाले बताए ।

आगामी शनिवार रक्त दान गर्न चाहनेहरुले समाजका पदाधिकारीहरुलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Chitwan Smamj Australia Blood Donation