MENU

अन्तराष्ट्रिय विद्यार्थीको लागि सहयोग र सेवाहरुबारे जानकारी दिन वेबनार हुने

Nepalese Australian

NRNA Women Forum Nari Nikunja Covid-19 interaction

सिड्नी । एन आर एन ए अस्ट्रेलिया विमेन फोरम नारी निकुञ्ज अस्ट्रेलियाले न्यु साउथ वेल्स डिपार्टमेन्ट अफ कम्युनिटिज र जस्टिस सँगको सहकार्यमा अन्तराष्ट्रिय विद्यार्थीको लागि सहयोग र उपलब्ध सेवाहरुबारे जानकारी दिन वेबनार गर्ने भएको छ ।

यही शुक्रवार ११ सेप्टेम्बर अपरान्ह ४ बजे देखि साँझ ६ बजे सम्म हुने यो कार्यक्रममा कोराना भाइरसका कारण विभिन्न भिसा वाहकहरुको सेवा सुविधामा पहुँचका लागि के कस्तो कठिनाई भएको छ भन्ने बारेमा बिभिन्न सरकारी सेवा पत्रदायकहरुसँग अन्तरक्रिया हुने नारी निकुञ्ज राष्ट्रिय सचिव सुकिर्ती भट्टले नेप्लिज अस्ट्रेलियनलाई बताइन ।

कार्यक्रममा कोरोना भाइरसले समुदायमा पारेको प्रभावका बारेमा रन्जु थापाको प्रस्तुती हरने छ । यस्तै आवास र कानूनी सहायताका बारेमा न्यु साउथ वेल्स ट्रेजरी, मानसिक स्वास्थ्य विषयमा साउथ इस्टर्न लोकल हेल्थ डिस्ट्रिक, कार्यस्थमा हुने विभेदका बारेमा एन्टी डिस्कृमिनेसन एन एस डब्लु र वर्क एण्ड डिभलपमेन्ट अडर्सको बारेमा उक्त कार्यक्रममा छलफल हुने भट्टले जानकरि दिइन ।

वेबनारमा सहभागिहुन निम्न लिंकमा गएर आफ्नो नाम दर्ता गर्न सकिन्छ । कार्यक्रममा सामुदायका सेवा प्रदायक, सादुदायिक समुहहरु, समुदायका अगुवा, अन्तराष्ट्रिय विद्यार्थी र स्ववेमसेवहरु सहभागि हुन सक्नेछन् ।

NRNA Women Forun Nari Nikunja Covid-19 interection