MENU

अस्ट्रेलियामा कोभिड–१९ संक्रमणको कारण एकै दिन ९३ जनाको मृत्यु

COVID-19 Death in Nepal

कोभिड–१९ संक्रमणको कारण अस्ट्रेलियामा एकै दिन ९३ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै देशभर ९३ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको हो ।

कोभिड–१९ को डेल्टा र ओमिक्रोन भेरियन्ट पत्ता लागेपछि एकै दिन यति धेरै संख्यामा मानिसको मृत्यु भएको यो पहिलो हो ।

तथ्यांक अनुसार न्यू साउथ वेल्समा ३५ र क्वीन्सल्याण्डमा १८ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । भिक्टोरियाको स्वास्थ्यमन्त्रीले कोरोनाबाट निधन भएकाहरुको परिवारमा समवेदना व्यक्त गरेका छन् ।

गत बुधबार मात्रै कोरोना संक्रमणको कारण ९१ जनाको मृत्यु भएको तथ्यांक संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

अस्ट्रेलियाको सीमा नाका खुल्ला भएपछि कोरोना संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ ।