MENU

कोरोनाबाट न्यू साउथ वेल्स र भिक्टोरियामा मात्रै ६७ जनाको निधन

अस्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लू) र भिक्टोरिया राज्यमा गरेर कोभिड–१९ संक्रमणको कारण ६७ जनाको निधन भएको छ ।

भिक्टोरियामा ३६ जना र एनएसडब्लूमा ३१ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो ।
तर, पछिल्लो केही दिन यता अस्ट्रेलियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या केही घटिरहेको छ ।

भिक्टोरिया र एनएसडब्लू दुवै राज्यमा अस्पतालमा आइसोलेशनमा बस्नेहरुको संख्या पनि घटिरहेको छ ।

शुक्रबारको तथ्यांकअनुसार, न्यू साउथ वेल्समा २४ सय ९४ जना कोरोनाका विरामी अस्पतालमा उपचाररत छन् । १६० जनाको आइसियूमा उपचार भइरहेको छ ।

विहीबारको तुलनामा यो कम संख्या हो । विहीबार न्यू साउथ वेल्समा २५ सय ७८ जना अस्पतालमा उपचाररत थिए ।

भिक्टोरिया राज्यमा ७०७ जना कोरानाका विरामी अस्पतालमा छन् भने ७९ जना आइसियूमा उपचाररत छन् ।