MENU

कोरोना विरूद्धको खोप : कसले पाउँछन्, कुन खोपले पाएको छ अनुमति ?

It will take three more months to receive covide 19 vaccine in Nepal

अहिले अस्ट्रेलियमा प्राथमिकताका साथ कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका छन् । तपाईले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छैन भने ती कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ ।

अहिले विशेषगरी, अग्रपंक्तिमा रहेका स्वास्थ्य कर्मचारी, क्वारेन्टिन र सीमा कर्मचारी एवम् वृद्ध स्याहार वा आशक्तता केन्द्रमा बसोबास गर्ने मानिसहरू अनि त्यहाँका कर्मचारीहरूलाई राष्ट्रिय खोप कार्यक्रमको पहिलो चरणमा समावेश गरिएको छ ।

४० वर्ष वा सोभन्दा माथि उमेर पुगेको वा १६ देखि ३९ वर्ष बिचका केही व्यक्तिहरू खोपका लागि पनि योग्य हुन सक्छन् ।

१८ वर्ष वा सो भन्दा बढी उमेरका व्यक्तिले खोपका लागि सरकारले निर्धारण गरेको योग्यता पुग्नसाथ खोपको दावी गर्नुपर्छ ।

१६ वर्षभन्दा कम उमेरका मानिसहरू अस्ट्रेलियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउनको लागी योग्यमा मानिदैन ।

संघीय स्वास्थ्य मन्त्रालयको वेभसाइटमा खोपका लागि योग्यता र खोपको विस्तृत कार्यक्रम उल्लेख गरिएको छ ।

खोपसम्बन्धी अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह (अटागी)ले १६ देखि ५९ वर्ष उमेरका मानिसहरूका लागी फाइजरद्वारा निर्मित कोमिर्नाटी खोप सिफारिस गरेको छ ।

आफ्नो चिकित्सकको सल्लाह लिएर १८ देखि ५९ वर्षका मानिसहरूले एस्ट्राजेनेका खोप पनि लगाउन सक्छन् । यसो गर्दा खोप लगाउने व्यक्तिले खोप लगाउन भएको पत्रमा हस्ताक्षर गर्नुपर्छ ।

मोडर्ना खोपलाई पनि १८ वर्ष माथिका अस्ट्रेलियावासीलाई प्रयोगका लागि अस्थायी अनुमति प्रदान गरिएको छ ।

खोप लगाएका व्यक्तिहरुको लगत अस्ट्रेलिया सरकारले राख्ने गरको छ ।
खोप लगाएका व्यक्तिहरुको जानकारी माई हेल्थ रेकर्ड, मेडिकेयर (खोप इतिहास विवरण) मा हेर्न सकिन्छ । खोप लगाएकै समयमा पनि खोपको प्रमाणपत्र उपलब्ध हुन्छ । इमेलबाट पनि इलेक्ट्रोनिक प्रतिलिपि रेकर्ड कार्ड प्राप्त गर्न सकिन्छ ।

सरकारले अस्ट्रेलियाका नागरिक, स्थायी बासिन्दाका साथै सबै किसिमका भिसावाहकहरूलाई कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराइरहेको छ ।

अस्ट्रेलियामा विद्यार्थी भिसा, कामदार भिसा, पारिवारिक भिसा, पार्टनर, शरणार्थी, अस्थायी संरक्षण भिसा, मानवीय भिसा, ब्रिजिङ वा अन्य जुनसुकै भिसामा भए पनि कोरोना विरुद्धको खोप निःशुल्क प्राप्त गर्न सकिन्छ ।