MENU

महामारीको मारमा अस्ट्रेलियाको अर्थतन्त्र; ८५ दशमलव ३ बिलियन डलर घाटा

COVID19 Pandemic leaves Australian economy in historic budget deficit

क्यानबेरा । कोरोना भाइरसको महामारीबाट पार पाउन गरिएको ठूलो सरकारी खर्चका कारण सन् २०१९-०२० मा ८५ दशमलब ३ बिलियन डलर घाटा लागेको अस्ट्रेलियाको संघीय सरकारले खुलासा गरेको छ ।

गत आर्थिक वर्षको बजेट घाटाले यस अघि सन् २००९ -१० मा भएको ५४ दशमलब ५ बिलियन डलरको घाटा भन्दा पनि ऐतिहासिक रुपमै बढी रहेको छ । तत्कालिन केभिन रड नेतृत्वको लेबर सरकारले विश्वको आर्थिक मन्दीबाट अस्ट्रेलियालाई बचाउन गरेको प्रयास कारण सो घाटा भएको थियो ।

कोषाध्यक्ष जोश फ्राइडेनवर्गले शुक्रबार नै अस्ट्रेलियाको अर्थतन्त्रले महामारीका बाबजुद राम्रो गरिरहेको बताउदै फेब्रुअरीमा बेरोजगारी दरमा ५ दशमलब १ प्रतिशतले गिरावट आएको जनाए ।

“हाम्रो अर्थव्यवस्थामा ठूलो चोट पुगेको छ । अन्र्तनिहित नगद बाँकीमा ८५ दशमलब ३ विलियन डलर वा जिडिपीको ४ दशमलब ३ प्रतिशत घाटा भएको होे,” उनले भने ।

नेट डेविट बढेर ४ सय ९१ विलियन डलर तथा ग्रस डेविट ६ सय ८४ दशमलब ३ विलियन डलर पुगेको बताइएको छ ।

लेवर पार्टीका कोषसम्बन्धि प्रवक्ता जिम चालमर्सले सरकारले बचतको आश्वासन दिएपनि महामारीको प्रकोप अघि नै घाटा व्यहोरेको तथा ऋण पनि अहिले सम्मकै उच्च भएको टिप्पणी गरे ।

 स्राेतः अस्ट्रेलियन संचारमाध्यमहरूकाे सहयाेगमा ।