MENU

यी हुन् १०औँ महाधिवेशनबाट निर्वाचित एमाले पदाधिकारी

CPN UMLnewly elected Central Committee

काठमाडौँ– नेकपा एमालेको जारी महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । पदाधिकारी पनि ओलीले प्रस्ताव गरेको सूचीका उम्मेदवारहरुमात्र विजयी भएका छन् ।

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य १९७६ मत, सुरेन्द्र पाण्डे १९२५ मत, सुवास नेम्वाङ १८६५ मत, विष्णु पौडेलले १८५६ मत, युवराज ज्ञवाली १८४२ मत र रामबहादुर थापा १७६८ मत ल्याएर विजयी भए । यी ६ जना नै उपाध्यक्षहरु ओलीले बन्दसत्रमा प्रस्ताव गरेका नेताहरु हुन् ।

ओलीको सूची बाहिरबाट उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भए । उनले ७२५ मत प्राप्त गरे ।

यस्तै सचिवमा पनि ओलीले प्रस्ताव गरेकामात्र विजयी भएका छन् । सचिव पदमा गोकर्ण विष्ट १९७६ मत, योगेश भट्टराई १९६४ मत, पद्मा अर्याल १८०० मत, छविलाल विश्वकर्मा १८०० मत, लेखराज भट्ट १७०४ मत, टोप बहादुर रायमाझी १७०० मत र रघुविर महासेठ १५१३ मत ल्याएर विजयी भए ।

ओलीको सूचीबाहेक उम्मेदवार बनेका भीम आचार्य १३०० मत र टंक कार्की ५०० मत ल्याएर पराजित भए ।

ओली भीम रावललाई पराजित गर्दै अध्यक्ष निर्वाचित भए भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिबमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका थिए ।

यी हुन् निर्वाचित पदाधिकारी

अध्यक्ष : केपी ओली

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल

नेपाल समय
उपाध्यक्षहरु

अष्टलक्ष्मी शाक्य

युवराज ज्ञवाली

रामबहादुर थापा

विष्णु पौडेल

सुरेन्द्र पाण्डे

सुवास नेम्वाङ

महासचिव : शंकर पोखरेल

उपमहासचिव

पृथ्वीसुब्बा गुरुङ

प्रदीप ज्ञवाली

विष्णु रिमाल

सचिव

गोकर्ण विष्ट

छविलाल विश्वकर्मा

टोपबहादुर रायामाझी

पद्मा अर्याल

योगेश भट्टराई

रघुवीर महासेठ

लेखराज भट्ट