MENU

अस्ट्रेलियासंगै ७० वटा देशमा डेलाईट सेभिङ ; समय एक घण्टा अगाडी

सिड्नी । डे लाईट सेभिङ एक यस्तो क्षण हो जसलाई छिटो आउदै गरेको गर्मी मौसमको पर्यावाचीको रुपमा लिइन्छ ।

अस्ट्रेलियनहरुले आइतबार गर्मी मौसमको घामको पहिलो झल्को प्राप्त गर्नेछन जब डेलाइट सेभिङ सुरु हुनेछ र घडीहरु आइतबार विहान दुई बजे एक घण्टाले अगाडी राखिनेछ । तर वेस्टर्न अस्ट्रेलिया, नर्दन टेरिटोरी, क्वीन्सल्याण्ड, क्रिसमस आइल्याण्ड र कोकोस आइल्याण्डमा भने डेलाईट सेभिङ हुँदैन ।

रातको समय विताउन चाहनेका लागि यो खुसीको खबर हो किनभने उनीहरुले साझमा एक घण्टा बढी समय पाउनेछन भने तर सुत्न चाहनेहरुले भने एक घण्टा कम समय पाउने छन् ।
अधिकांश घडी, फोन तथा स्मार्ट घडीको समय आफै परिवर्तन हुनेछ भने परम्परागत घडीहरुको समय मिलाउनुपर्नेछ ।

अस्ट्रेलियासंगै विभिन्न ७० वटा देशले डेलाईट सेभिङमा सहभागी हुने गरेका छन् ।
डेलाईट सेभिङको उत्पति सन् १९०८ मा पहिलेको क्यानेडेली सहर पोर्ट आर्थरबाट सुरु भएको हो जतिखेर काउन्सीलले घडीलाई अघी सारे ताकी मानिसहरुले एक घण्टा बढी घामको आनन्द लिन सकोस ।