MENU

अस्ट्रेलियाको बिभिन्न सहरहरुमा यस्तो छ लक्ष्मी पूजा र भाइटिकाको शुभ साईत

सिड्नी । हिन्दुहरुको दोस्रो ठूलो पर्व दिपावलीको अस्ट्रेलियामा लक्ष्मी पुजा र भाइटिकाको शुभ साईतको समय तालिका सार्वजनिक भएको छ । हिन्दु समज अस्ट्रेलियाले एक बिज्ञप्ति मार्फत यो बर्षको दिपावलीको शुभ साईत सार्वजनिक गरेकोहो हो ।

समाजका कोषाध्यक्ष प्रकाश ढाेडारीका अनुसार अस्ट्रेलियाका प्रमुख शहरहरुमा फरक फरक टाईम जोन भएकोले शुभसाईतको समय पनि फरक रहेको छ । सन् २०२०मा लक्ष्मी पूजा १४ नोभेम्बर र भाइटिका १६ नोभेम्बरमा रहेको छ ।

लक्ष्मी पूजाको शुभ साईत

सिड्नी साँझ ७ः४२ बजे, मेलबर्न साँझ ७ः५९ बजे, ब्रिसबेन साँझ ८ः३४ बजे, पर्थ साँझ ८ः१८ बजे, डार्बिन साँझ ७ः१२ बजे, एडिलेड साँझ ८ः१८ बजे, क्यानबेर साँझ ७ः४६ बजे र तास्मानिय सँझ ८ः०२ बजे रहेको छ ।

भाइटिकाको शुभ साईत

सिड्नी मध्यान्न २ः०४ बजे देखि ४ः५१, मेलबर्न मध्यान्न २ः३० देखि ५ः२१ बजे, ब्रिसबेन मध्यान्न १२ः५४ बज देखि ३ः३६ , पर्थ मध्यान्न १ः२४ देखि ४ः१० बजे, डार्बिन मध्यान्न १ः४८ देखि ४ः२० बजे, एडिलेड मध्यान्न २ः२५ देखि ५ः१२ बजे, क्यानबेर मध्यान्न २ः१३ देखि ५ः०१ बजे र तास्मानिय मध्यान्न २ः२४ देखि ५ः१९ बजे रहेको छ ।

ढोडारीका अनुसार भाइटिका लगाउने ब्यक्ति पश्चिम तर्फ फर्किदा शुभ रहने छ । यस्तै लक्ष्मी पूजाको लागि शुभ साईतबट तीन घण्टा भित्र गर्न सकिन्छ ।