MENU

अनसनरत डाक्टर केसीको जीवन रक्षा गर्न अस्ट्रेलियाका नेपाली डाक्टरहरुको माग

सिड्नी । अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसियसन (ए एन एम डि ए) ले १९ औ दिनदेखि अनसनमा बसेका डाक्टर गोविन्द केसीको विग्रदो स्वास्थ्य अवस्थाप्रति गम्भिर चासो देखाएको छ ।

ए.एन.एम.डिएले नेपाल सरकारले विगतमा गरेको राष्ट्रिय चिकित्सा पेशा शिक्षा नीतिसहित अन्य सम्झौताहरु कार्यान्वयनका लागि नेपाल सरकार समक्ष आग्रह समेत गरेको छ ।

एसोसियसनका अध्यक्ष डाक्टर चन्द्र दिपक पोखरेलबाट जारी प्रेस वक्तव्यमा डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको तथा उनको जीवन खतरमा पर्ने देखिएको हुँदा तत्काल समस्या समाधान गर्न नेपाल सरकारसंग आग्रह गरेको छ ।

ए.एन.एम.डिएले माथेमा प्रतिवेदनमा स्वास्थ्य क्षेत्र सुधारका लागि गरिएको सिफारिस तथा अन्य नीतिहरुको कार्यान्वयन गर्नुका साथै देशको चिकित्सा तथा शिक्षा क्षेत्रको विश्वस्तरीय मापदण्ड अवलम्बन गरी राष्ट्रलाई सफल र समृद्धितर्फ अघि बढ्न समेत नेपाल सरकारसंग आग्रह गरेको छ ।

डाक्टर केसीले  चिकित्सा तथा स्वास्थ्य शिक्षा प्रणालीमा सुधारको माग गर्दै लामो समयदेखि विभिन्न खाले आन्दोलन गर्दै आएका छन् । सरकारले पटक पटक सम्झौताहरु गरेपनि लागू नभएको भन्दै डाक्टर केसी पनि पटक पटक अनसनमा बस्दै आएका छन् ।

उनको समर्थनमा चिकित्सकहरुले समेत समर्थन गर्दै आएका छन् ।