MENU

प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अघि बढाउन तीन दलद्वारा राष्ट्रपतिलाई आह्वान

Deuba, Dahal and Yadav urge President to initiate process to form new government
Deuba, Dahal and Yadav urge President to initiate process to form new government

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै नयाँ प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया अघि बढाउन तीन दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन्।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाज पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्ती जारी गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन भनेका छन्।

तीन दलले विज्ञप्ती जारी गर्दै संविधानको धारा ७६ को उपधारा २ बमाेजिम नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन्।