MENU

५७ हजार अन्तराष्ट्रिय विद्यार्थी फिर्ता ल्याउने योजनालाई अस्ट्रेलियन सरकारद्धारा अनुमति

A pilot plan that will see the phased return of fully vaccinated international students to NSW has been given the green light by the Commonwealth Government.

सिड्नी । कोरोना भाइरसका कारण बिभिन्न देशहरुमा अड्किएका अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई फिर्ता ल्याउने न्यु साउथ वेल्स राज्यको योजनालाई संघिय सरकारले अनुमति दिने भएको छ ।

राज्य सरकारको योजना अनुसार यसरी बिद्यार्थीहरु फिर्ता ल्याउने कार्य सन् २०२१ को अन्तयबाट शुरु हुनेछ ।

न्यु साउथ राज्यका डेप्युटी प्रिमियर जोन बारालारोले शुक्रबार २४ सेप्टेम्बरमा जारी गरेको प्रेस बिज्ञप्तीका अनुुसार पाइलट कार्यक्रमको पहिलो चरणमा फिर्ता आएका अन्तराष्ट्रि बिद्यार्थीहरुलाई सिड्नीको रेडफर्नमा रहेको आवासमा १४ दिन क्वारेन्टिनमा राखिने छ । यो आवास क्षेत्रलाई न्यु साउथ वेल्स हेल्थ र प्रहरीले पनि कोभिड सुरक्षित भनेर अनुमति दिएका छन् ।

पाइलट कार्यक्रमको बिभिन्न चरणमा गरेर ५७ हजार अन्तराष्ट्रिय विद्यार्थीहरुलाई फिर्ता ल्याउने सरकारको लक्ष्य रहेको छ ।

डेप्युटी प्रिमियर जोन बारालारोले भने, “न्यु साउथ वेल्सका नागरिको सुरक्षा निकै महत्वपूर्ण छ, हामी जोखिम मोल्न चाहदैनौ । अस्ट्रेलियाको नियमनकारी निकायबाट अनुमाति पाएका खोपको दुबै डोज लागाएका बिद्यार्थीहरु मात्र यो पाइलट कार्यक्रममा सहभागि हुने छन् ।”

यस्तै राज्यका ट्रेजरर डोमिनिक पेरोट्सले राज्यको अर्थतन्त्रमा १४.६ बिलियन डलरको योगदात रहेको अन्तराष्ट्रिय शिक्षा क्षेत्रलाई पूनर्जागरण गर्न थुप्रै प्रयासहरु गरिने बताउदै अन्तराष्ट्रिय विद्यार्थी फिर्ता ल्याउने कार्यक्रमले राज्यका अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

सरकारको यो योजनाको अन्तराष्ट्रिय बिद्यार्थी परिषद, स्वतन्त्र उच्च शिक्ष प्रदायकहरुको संस्थाले स्वागत गरेका छन् ।

याे पनि पढ्नुहाेस् ।

When will the Australian Border Open for International Students?