MENU

सिड्नीमा लकडाउन लम्ब्याउनुका साथै कर्फयू जारी

Greater Sydney COVID-19 lockdown expanded
Greater Sydney’s lockdown has been extended until the end of September. A curfew will be put in place in the parts of Sydney most affected by rising cases from Monday and will apply between 9pm and 5am.

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा लकडाउनको अवधिलाई एक महिना थप गरिएको छ ।

यसअघि अगष्ट २८ सम्म रहेको लकडाउनलाई न्यू साउथ वेल्स सरकारले आगामी सेप्टेम्बर अन्त्यसम्म पुर्यारएको हो । लकडाउनबाट राज्यका ग्रेटर सिड्नी क्षेत्र प्रभावित हुनेछन् ।

त्यसैगरी राज्यका अति प्रभावित १२ वटा स्थानीय सरकारी क्षेत्रहरूमा सोमबार  राती ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फयुको घोषणा गरिएको छ भने राज्यभर मास्कलाई अनिवार्य बनाइएको छ ।

न्यू साउथ वेल्स राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले लकडाउन तथा कर्फयू सम्बन्धी घोषणा गर्दै पहिलो खोपको प्रभावकारिता देखिन दुईदेखि तीन हफ्ता समय लाग्ने हुनाले यी नियमहरू लागू गरिएको शुक्रबार नियमित पत्रकार सम्मेलनका क्रममा बताइन्  ।  राज्यकी प्रिमियर ग्लेडिज बेरिजिक्लिनले भनिन् , “हामीले लकडाउनलाई एक महिना थप्ने तथा अतिप्रभावित स्थानीय सरकारी क्षेत्रहरूमा थप नियमहरू लागू गर्नुको कारण भनेको खोपको पहिलो डोज लगाएपछि प्रभावकारी रूपमा काम गर्न कमसेकम दुईदेखि तीन हफ्ता समय लाग्ने हुनाले त्यसो गरिएको हो ।”

प्रिमियर बेरिजिक्लिनले कर्फयू  जारी गरिएकाे निर्णयका बारेमा बोल्दै नियमित पत्रकार सम्मेलनमा भनिन्,  “कर्फयू लागू हुने क्षेत्रहरूमा बेसाइड, ब्ल्याकटाउन, बरउड, क्यामबेलटाउन, क्यानटरबरी–बैङ्सटाउन, कम्बरल्याण्ड, फेयरफिल्ड, जोर्जेज रिभर, लिभरपुल, पारामाटा, पेनरिथ र स्ट्राथफिल्ड क्षेत्र रहेको छन् ।”

ती क्षेत्रमा मानिसहरूलाई दैनिक एक घण्टा व्यायाम गर्नका लागि मात्र घरबाहिर जान पाइनेछ । साथै प्रिमियर बेरिजिक्लिनल यसअघि ‘ग्रेटर सिड्नी’ भित्र राखिएका सेन्ट्रल कोस्ट र सेल हार्बरलाई अबदेखि ‘रिजनल एरिया’ मा राख्ने पनि बताइन् ।

राज्यमा पछिल्लो २४ घण्टा न्यूसाउथवेल्स ६ सय ४४ नयाँ कोरोना सङ्क्रमित भेटिएका छन् भने चारजनाको निधन भएको छ ।

भिक्टोरियामा ५५ सङ्क्रमित थपिए

भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा ५५ जना नयाँ स्थानीय कोरोना सङ्क्रमित थपिएका छन् ।

भिक्टोरिया राज्यका प्रिमियर ड्यानिल एन्ड्रूजले राज्यवासीलाई सावधान गर्दै अहिलेसम्म कडा लकडाउन गर्ने निर्णय नगरिए पनि आगामी केही दिनको अवस्था हेरेर त्यससम्बन्धी निर्णय लिने कुरा शुक्रबार पत्रकार सम्मेलनका क्रममा बताए । ‘मसँग अहिले कुनै नयाँ प्रतिबन्धसम्बन्धी घोषणा छैन तर त्यसो हुँदैन भनेर मैले भन्न सक्दिनँ । मन्त्रीहरू र सरकारी स्वास्थ्य अधिकारीहरू आज र भोलि बसेर तय गर्नेछौं कि यसबाट छुटकारा पाउनका लागि नियम र प्रतिबन्धतर्फ हामीले थप केही गर्न सक्छौं ।’

शुक्रबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रिमियर एन्ड्रूजले भने । राज्यमा गत २४ घण्टामा ४८ हजार २ सय ७३ जनाले कोरोना परीक्षण गरेको स्वास्थ्य विभागले जनाएको छ ।

क्यानबेरामा १२ सङ्क्रमित थपिए

अस्ट्रेलियाको राजधानी क्यानबेरामा शुक्रबार १२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्यासँगै हाल राजधानीमा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ ।