MENU

समुदायिक पुनर्चक्र केन्द्रहरु र घरेलु हानीकारक फोहोर व्यवस्थापन बारे जानकारी

How to dispose of household chemicals and problem waste

एनएसडब्लु इन्भारोमेन्टल प्रोटेक्सन अथोरिटी (EPA)  समाजमा फोहोर व्यवस्थापनका लागि विभिन्न जनचेतना अभियानका लागि जिम्मेवार रहेको छ । यसले उद्योग, व्यापार तथा समुदायमा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ र यसको पुन प्रयोगका लागि कस्ता अभ्यासहरु गर्न सकिन्छ भनेर विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

घरेलु फोहोर व्यवस्थापनका लागि एनएसडब्लु इपिएले दुईवटा कार्यक्रम आयोजना गरेको छ  । यी दुई कार्यक्रमहरु एनएसडब्लु घरधनीमा लक्षित रहेका छन् । यो कार्यक्रममा कम्युनिटी रिसाइकलिङ सेन्टर्स (सिआरसी) र हाउसहोल्ड केमिकल क्लिनआउट (एचसिसी) समावेश रहेको छन् ।

फोहोर व्यवस्थापनमा हुने कमीकमजोरी घटाउने तथा पुन प्रयोग गर्न सकिने प्रक्रियालाई पनि महत्वका साथ यि दुई कार्यक्रमले ठुलो सहयोग गर्ने आश लिइएको छ ।

फोहोर व्यवस्थापन कार्यक्रमका केही महत्वपुर्ण सन्देशहरु

  • फोहोरले प्रभाव पार्छ । घरमा भएका रासायनिक फोहोरलाई उचित तरिकाले सफा गरिनुपर्छ
  • घरमा निस्किने रासायनिक फाहोलाई राम्रोसँग सफा गरी व्यवस्थापन गर्नु भनेको घर सुरक्षित तथा वातावरण हानी हुन कम गर्नु हो ।
  • एनएसडब्लुले फ्रिइ सभिर्स आवाहन गर्छ
  • प्रत्येक एक वर्षमा आयोजना हुने कार्यक्रमा स्थानिय परिषदहरुको सहभागीता रहेको हुन्छ
  • घरबाट निस्किने रासायनिक पदार्थहरुको उचित सफा गर्नु नै आफ्नो स्थानिय वातावरणप्रति गम्भिर हुनु हो
  • ठाउँ र समयका लागि यो साइट हेर्नुहोस् cleanout.com.au

कम्युनिटी रिसाइकलिङ सेन्टर्स

  • फोहोरले प्रभाव पार्छ । घरबाटमा निस्किने फाहोरले समस्यामा पारेको छ । अव चिन्ता नगर्नुहोस् । पुन प्रयोगमा जोड दिनुहोस् ।
  • पर्मानेन्ट कम्युनिटी रिसाइकलिङ सेन्टर्सले घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न सुविधाजनक तवरमा सजिलो बनाइदिएको छ ।
  • घरबाट निस्कने पुराना तथा नचाहिने पेन्ट, ग्याँस बोटल्स, मोटर तेल, खाना पकाउने तेल, कार र घरमा प्रयोग हुने व्याट्री, ग्याँस बोटलहरु, स्मोक डिटेक्टरहरु तथा फ्लोरोसेन्ट ग्लोब्स र टुब्सलाई छोडदिनुहोस, यीनलाई बुझाए बापत कुनै चार्ज लाग्दैन ।
  • समाजमा निस्कने साझा घरेलु फाहोरहरुलाई उचित व्यवस्थापन स्थानीय समुदायले चासोको रुपमा दिनाले स्थानीय वातावरण सुधार्न सहयोग मिल्नेछ ।
  • यो साइट हेर्नुहोस् epa.nsw.gov.au

हाउसहोल्ड केमिकल क्लिनआउट

केमिकल क्लिनआउट कार्यक्रमले कसरी काम गर्छ ? एनएसडब्लु इन्भारोमेन्टल प्रोटेक्सन अथोरिटी (EPA)  ले स्थानीय परिषद र कन्ट्रयाक्टरसँग मिलेर काम गर्ने तथा क्लिन आउट कार्यक्रमलाई ग्रेटर सिड्नी क्षेत्रभरी लैजाने तयारी रहेको छ ।

यसका लागि उचित साइज, साइट तथा लोकशन तथा समयलाई समेत मध्यनजर राख्दै छान्नु पर्ने हुन्छ । क्लिनआउट कलेक्स्न हप्ताहप्तामा हुने गर्छन् । स्थलको व्यवस्थापनका लागि कन्ट्रयाक्टरहरु जिम्वार हुन्छन् । यसमा ट्राफिकका लागि लेन तथा सामाग्री व्यवस्थापनका लागि क्षेत्र समावेश गरिएका छन् ।

क्लिनआउट साइट विहान ९ बजे खुल्ने गर्छ । समुदायका सदस्यहरु त्यस समयमा आएर सामानहरु छोडनसक्छन् । कन्ट्रयाक्टरहरु आफै आएर सामानहरु लिएर जान्छन्, समुदायका सदस्यहरुलाई आफ्नो कारबाट निस्किरहनु पर्दैन  । दिनको अन्तमा सबै सामानहरु एकिकृत गरेपछि पुन प्रयोग गर्न मिल्ने बनाउनका लागि लगिन्छ । पुन प्रयोग वा उचित व्यवस्थापनका लागि सुविधा मिलाइनेछ ।

घरेलु हानीकारक फोहोरहरु

घरमा हामीले दिनहु विभिन्न खाले सामाग्रीहरु प्रयोग गरिरहन्छौ ।

तर केही यस्ता फोहोरहरु हुन्छन् जुन व्यवस्थापन नगरेको खण्डमा खतरनाक बन्न सक्छन् ।

ति सामाग्रीहरु यस्ताछन्ः

  • घरेलु क्लिनर
  • पेन्ट्स
  • मोटर ओइल्स
  • ब्याट्रीहरु
  • पेन्ट
  • हबी केमिकल्स
  • गार्डेन केमिकल्स
  • ग्याँस बोटल्स

यी केही यस्ता सामाग्रीहरु हुन् जुन प्राय हाम्रा घर, ग्योरज तथा कारमा सजिलै पाउने गर्छौ ।

क्लिनआउट कार्यक्रमले लक्षित गरेका घरधनीहरुले सिमितमात्र फोहोर सामाग्रीहरु जम्मा पार्नसक्नेछन् । उनीहरुले एकखाले आइटमा बढीमात्रामा २० किलोसम्म वा २० लिटरसम्म ल्याउन सक्नेछन् ।

घरेलु रसायनलाई कसरी उचित स्टोरेज तथा व्यवस्थापन गर्न सकिएला त ?

घरबाट निस्किएको रसायनलाई मानिसहरुले सजिलै क्लिनआउट कलेक्सनमा ल्याएर जम्मा गर्न सक्छन् ।

यदी तपाईसँग पुराना तथा नचाहिने सामाग्रीहरु घर, ग्यारेज तथा गोठमा रहेका छन् भने तपाईले बढा सतर्कताका साथ सुरक्षित  तवरले स्टोर गर्नुपर्छ । अर्को क्लिनआउट कलेक्सनसम्मका लागि तपाईले यसलाई गम्भिरताका साथ लिनुपर्नेछ । रसायनहरुलाई कहिल्यै पनि तातो, स्पाक्र्स तथा आगोको छेउ स्टोर नगर्नुहोस् ।

नचिन्ने प्रडक्टहरुलाई एउटा लेबल लगानुहोस् जस्तै ‘अननन्’ । केमिकल चिन्नुहुन्न भने अनुमान लगाउने काम नगर्नुहोस् । जम्मा गरिसकेपछि केमिस्टले कुन केमिकल हो भनेर ल्याव टेस्ट मार्फत पहिल्याउने काम गर्छन् । केमिकलहरु मिसाउने काम नगर्नुहोस् । यसको रियाकशनका कारण ठुलो समस्या आउनेछ । तपाई, तपाईको परिवारका सदस्यहरुलाई हानी गर्न सक्छ ।

यी केही उपायहरु हुन् जुन अनुरुप गर्न सके केमिकलहरुलाई सजिलै संकलन केन्द्रमा पुर्याउन सक्नुहुन्छ ।

  • यदि ज्वलनशिल तथा सुगन्धित बस्तुहरु लिएर कारमा हुनुहन्छ भने झ्याल बन्द गर्नुहोस् ।
  • प्रडक्टहरुलाई ओरिजिनल कन्टेनरमा नै राख्नुहोस्
  • जहिले पनि कन्टेनरमा सिधा स्टोर गर्नुहोस्, तिनीहरुको साइडमाभन्दा पनि सबै लिडहरु मज्जाले कसिएका छन् चेक गर्नुहोस्
  • संक्षारक केमिकल जस्तै ब्याट्री एसिड, पोइजनबाट पर राख्नुहोस्
  • सुनिश्चित हुनुहोस् कि पढ्नयोग्य लेभलहरु सुरिक्षत रुपमा कन्टेनरमा राखिएका छन् भनेर
  • सामाग्रीहरुलाई चिसो, ड्राइ प्लेस र बच्चाले नभेट्ने ठाउँमा राख्नुहोस्
  • पुराना तरल सामाग्री भएका कन्टेनरलाई दुईपटक प्लाष्टिक झोलाले बाध्नुहोस, लिकेज हुने नदिनुहोस् ।
  • सामान ओसार्दा क्रेट्स, बक्सेस तथा बेकटमा राख्नुहोस् ।

केही यस्ता समाग्रीहरु जस्तै व्याट्रीहरु बेच्ने ठाउँमा फिर्ता लगिन्छ वा स्क्रयाप मेटल रिसाइकलर्सकोमा लगिन्छ । जस्तै पुराना नचाहिने औषधिहरु पुराना फार्मेसीमा फ्रिइ तथा सुरक्षीत व्यवस्थापनका लागिन्छ ।

यदि अर्को क्लिनआउट कलेक्सनसम्म पर्खन सक्नु भएनभने तपाईको स्थानीय फोहोर व्यवस्थापन सुविधाका लागि मोटर ओइल र पुनरावृतिकरणका लागि लिनसक्नुहुनेछ ।

आधुनिक घरमा धेरै केमिकलको प्रयोग हुनेगर्छ । सफा गर्ने देखि पेन्ट्ससम्म, पेस्टिसाइडदेखि मोटर ओइल्ससम्म । धेरै जसो यस्ता केमिकलहरुको गलत रुपमा व्यवस्थापन भइरहेको छ । अव्यवस्थित रुपमा व्यवस्थापन गर्न खोज्दा यसले वातावरणमा असर पार्ने र मानिसहरुको स्वास्थ्यमा गम्भिर असर पार्ने गर्छ । यसरी घरबाट निस्कने हानिकारक केमिकल एउटै गोदाममा स्टोर गर्दा झन् खतरनाक हुनेगर्छ ।

  • व्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्न नसक्दा उत्पन्न हुने खतराहरु यस्ता रहेका छन् ।
  • हानीकारक फोहोर व्यवस्थापन कामदारहरु जो तपाईको हप्ताभरिका फोहोरहरु उठाउने गर्छन्
  • सेप्टिक ट्रयाक दुर्गन्धित हुनेछ अथवा शौचालयमा फोहोर पानी परिक्षण प्रणाली खन्याएमा
  • प्राकृतिक वातावरणमा डम्पिङ गरेमा पानी सप्लाई दुर्गन्धित हुनेछ
  • त्यत्तिकै घरमा छोडिदिदाँ घरमा रहेका बच्चा तथा घरपालुवा जनावरलाई हानी हुनसक्छ

यस्ता धेरै सामानहरु पुन प्रयोग वा पुनरावृतिकरण गर्न सकिन्छ । तिनीहरुलाई ल्याण्डफिल्डमा लग्नुको सट्टा उचित व्यवस्थापन गर्नु फाइदाजनक हुन्छ । तपाई एक निर्णयले वातावरणमा सकारात्मक छाप जान सक्छ ।

कस्ता खाले केमिकल्सहरु ज्याँदा संकलन हुन्छन् ?

पेन्ट्स, ओइल्स, लिड एसिड व्याट्रीहरु तथा ग्याँस सिलिण्डरहरु क्लिनआउट कलेक्सनमा ज्यादामात्रामा संकलन हुने गर्छन् ।

इथिनिक कम्युनिटी काउन्सिल न्यु साउथ वेल्सको तर्फबाट जारी समुदायिक संदेश ।