MENU

नोभेम्बर १९ मा सिड्नीको बरउड पार्कमा नेपाल फेस्टिभल हुने

Rishi Acharya
Editor at Nepalese Australian
The Nepal Festival will be held on November 19 at Burwood Park in Sydney Nepal Festival 2022 is going to be held at Burwood Park in Sydney on November 19 under the organization of Non-Resident Nepali Association Australia New South Wales State Coordinating Committee.
Nepal Festival Sydney 2022 is going to be held at Burwood Park in Sydney on November 19 under the organisation of the Non-Resident Nepali Association Australia New South Wales State Coordinating Committee.

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य संयोजन समितिको आयोजनामा आगामी नोभेम्बर १९ मा सिड्नीको बरउड पार्कमा नेपाल फेस्टिभल २०२२ (Nepal Festival Sydney 2022) हुने भएको छ ।

संघको न्यु साउथ वेल्स राज्य संयोजन समितिले आईतबार सिड्नीमा पत्रकार संम्मेलन आयोजना गरेर डार्लिङ हार्वरमा आयोजना हुँदै आएको ‘सिड्नी नेपाल महोत्सव’ यस पटक बरउड पार्कमा हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै राज्य संयोजक एवं उपाध्यक्ष देब गुरुङले सिड्नीमा नेपाली भाषा, कला, संस्कृति, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवर्द्धन गर्ने उद्धेश्यले हरेक दुई वर्षमा आयोजना हुँदै आएको यो महोत्सव यो बर्ष भब्य हुने बताए । “सिड्नी सि बि डी बाहिर सबअर्वमा हुन लागेको यो पटकको नेपाल महोत्वमा नेपाली समुदाय सँगै यहाँको मुलप्रवाह र बहुसाँस्कृतिक समुदायको उल्लेख्य सहभागिता हुनेछ ।” गुरुङले बताए, “स्थानिय बरुड सिटी काउन्सिलसँगको सहकार्यमा हुन लागेको यो महोत्सव स्थल सिड्नीको मध्य भागमा, सहज पार्किङ र फराकिलो स्थान भएकोले सबैका लागि सहज हुनेछ ।”

पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार महोत्सवमा सहभागि हुन अस्ट्रेलियाको प्रधानमन्त्री एन्थोनी अल्बनिजी, आप्रवास र बहुसाँस्कृतिक मन्त्री र राजनीतिज्ञहरुलाई समेतलाई निमन्त्रणा गरिने जानकरी दिइएको थियो । साथै नेपाल सरकार, र एन आर एन ए का अन्तराष्ट्रिय प्रतिनिधिहरुलाई पनि निमन्त्रणा गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले महोत्वसवको मुख्य प्रायोजक क्विन्सफोड कलेज भएको जानकरी दिएका थिए । पोखरेलका अनुसार करिव एक लाख ५० हजार भन्दा बढी बजेट खर्चहुने अनुमान गरिएको महोत्सवका लागि अहिले स्वतस्फुर्त प्रयोजनको अनुरोध आइरहेको बताए ।

यो बर्ष पहिलो पटक मल्टिकल्चर न्यु साउथ वेल्सबाट झण्डै १५ हजार डलर ग्रण्ट नेपाल फेस्टिभलको लागि प्रप्त भएको एनएसडब्लु राज्यकी कोषाध्यक्ष भावना श्रेष्ठले जानकारी दिएकी थिइन ।

पत्रकार सम्मेलनमा बोल्दै एनआरएन एनएसडब्लु समितिका सचिव विनोद कुँवरले एनआरएनको सिग्नेचर इभेन्टका रूपमा रहेको नेपाल महोत्सवलाई भब्य रुपमा सफल पार्न राज्यमा रहेका नेपाली सामुदायिक संस्थाहरुसँगको सहकार्य निकै महत्वपूर्ण हुने बीचार राखेका थिए । महोत्वसवमा मुख्य आकर्षणको रुपमा  दिपक बज्राचार्य एण्ड रिदम ब्यान्डको प्रस्तुती रहने छ ।

महोत्सव तयारीको लागि बिभिन्न समिति बनाइएको छ ।  महोत्सव सफल बनाउन ओसेनिया महिला संयोजक उषा बारीया पोखरेलको संयोजकत्वमा सांस्कृतिक समिति, एनआरएनकी सचिव सन्ध्या शाहको संयोजकत्वमा साँस्कृतिक परेड, एनएसडब्लु उपाध्यक्ष स्वीकृति भट्टको संयोजकत्वमा नेपाल हाउस, सचिव बिनोद कुँवरको संयोजकत्वमा आइटी समिति, विक्रम दाहालको संयोजकत्वमा स्टेज व्यवस्थापन लगायतको टिम बनाइएको छ ।

अस्ट्रेलियन नेपाल जर्नलिस्ट एसोसिएसनले मिडिया संयोजन गर्ने छ । पत्रकार सम्मलेन पछि एन आर एनका प्रतिनिधिहरुले स्थानिय समुदायिक संस्थाका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका थिए ।

भब्य भयो नेपाल फेस्टिवल मेलबर्न (फोटो फिचर)