MENU

प्रधानमन्त्री मोरिसन भन्छन् : इस्टरअगाडि नै विदेशी पर्यटकको लागि अस्ट्रेलिया खुल्ला हुनसक्छ

Source AAP

अस्ट्रेलियामा इस्टरभन्दा अगाडि नै विदेश पर्यटकको लागि खुल्ला हुनसक्ने प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

अस्ट्रेलियाले सन् २०२१ को अन्तिमतिरबाट मात्रै सीमा नाकाहरु खोलेको छ । तर, विदेशी पर्यटकहरुलाई खुल्ला गरिसकेको छैन ।

अहिले अस्ट्रेलियामा स्थायी बसोबास अनुमति पाएका व्यक्ति, उनीहरुको परिवार र विदेशी विद्यार्थीहरुका लागि मात्रै अस्ट्रेलिया प्रवेश दिइएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देशभर फैलिएको बेलामा प्रधानमन्त्री मोसिनले इस्टर अगाडि नै विदेशी पर्यटकको लागि अनुमति खुल्न सक्ने बताएका हुन् ।

तर, अहिले नै कहिलेबाट विदेशी पर्यटकको आवागमन खुल्न सक्ने भन्ने यकिन नभइसकेको बताएका छन् ।

अस्ट्रेलियामा अहिले ओमिक्रोन भाइसको संक्रमण तीब्र रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ९८ जनाको कोभिड–१९ संक्रमणकै कारण निधन भएको तथ्यांक सार्वजनि भएको छ ।

अस्ट्रेलियामा कोभिड–१९ को भाइरस भेटिएयता एकै दिन यति धेरै मानिसको ज्यान गएको यो पहिलो घटना हो ।