MENU

न्यूजिल्याण्डमा जासिन्डा दोस्रो पटक प्रधानमन्त्री; सरकारले पूर्णता पाउन दुई हप्ता लाग्ने

Jacinda Ardern and her Labour Party has claimed a landslide victory in the 2020 election

कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा प्रभावकारी भूमीका खेलेकै कारण  न्यूजिल्याण्डका जनताले प्रधानमन्त्री जासिन्डा आरडर्न र उनको दल लेवर पार्टीलाई भारी बहुमतले विजयी  गराएका छन् ।

सदनमा ६४ सिट जितेर लेबरले बहुमत ल्याएसंगै  जासिन्डा नै  दोस्रो कार्यकालका लागि न्यूजिल्याण्डको प्रधानमन्त्री  बन्ने पक्का भएकाे छ ।

करिब ९८ प्रतिशत मत गणना हुदा आरडर्नको नेतृत्वमा रहेको लेवर पार्टीले करिब ५० प्रतिशत मत प्राप्त गरेको थियो भने जेडिथ कलिन्सको नेतृत्वमा रहेको विपक्षी नेशनल पार्टी केवल ३० प्रतिशत मतमा सिमित भएको छ ।

विजयी सभालाई सम्बोधन गर्दै आरडर्नले आफ्नो नेतृत्वको दोस्रो सरकार सबै न्यूल्याण्डसबासीको लागि हुने बताइन ।

“ शनिबार राति न्यूजिल्याण्डले लेवर पार्टीलाई विगत ५० वर्षमा देखाएको सबैभन्दा ठूलो समर्थन हो । यसका लागि दुई शब्द भन्न चाहन्छु त्यो हो थ्याक्यू,” अकल्याण्डको टाउन हलमा आयोजित सभामा उनले भनिन् , “म तपाईलाई विश्वस्त तुल्याउन चाहन्छु कि हामी त्यो पार्टी बन्ने छौ जसले सारा न्यूजिल्याण्डका नागरिकको लागि शासन गर्नेछ ।”

आइतवार बोल्दै जासिन्डा आरडर्नले सरकाले पूर्णता पाउन दुई देखि तीन हप्ता लाग्ने बताइन । उनको दल लेबर पार्टीले एकलौटी सरकार बनाउने जनमत पाएको भए पनि पूरानो समिकरणको सहयात्री ग्रिन्ससँगको सहकार्यको सम्भावनालाई पनि अझै रहेको बताईएको छ ।

ऐतिहासिक बहुमत

न्यूजील्याण्डको  मिक्स मेम्बर प्रपोसनल (एम एम पी)  चुनाव प्रणालीका कारण १९९६ देखि हालसम्म कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेको थिएन। तर, यो पटक आरडर्नले एम एम पी प्रणालीबाट चुनाव शुरू भएपछि पहिलो पटक ऐतिहासिक बहुमत प्राप्त गरेको सञ्चार माध्यमहरुले जनाएका छन्।

१२० सदस्यी न्यूजील्याण्डको संसदमा बहुमत ल्याउन कम्तिमा ६१ सिट जित्नुपर्छ। न्यूजील्याण्डमा दल र उम्मेदवार दुबैलाई मतदान गर्नुपर्छ। कुनै पनि दल संसदमा प्रवेश गर्न कम्तिमा ५ प्रतिशत मत ल्याउनुपर्छ वा संसदीय सिटमा जित हात पार्नुपर्छ।

न्यूजील्याण्डमा हरेक तीन वर्षमा आम निर्वाचन हुन्छ। २०१७ को निर्वाचनमा दोस्रो दल बनेको लेवर पार्टीले अन्य दलहरुसँग गठबन्धन गरेपछि आरडर्न प्रधानन्त्री बनेकी थिइन्।