MENU

दाहाल अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त; तिहार पछि पदभार ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महेशराज दाहाललाई अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा दाहाललाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा महेशलाई अस्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

 

नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल गत असोजमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको थियो । अध्यक्ष पुष्पकमल दाहालले नवप्रवेशी दाहाललाई उचित भूमिका दिने त्यसबेला बताउनुभएको थियो । 

 

दाहालले तिहार पछि अष्ट्रेलिया आएर पदभार सम्हाल्ने बताउनु भएको छ ।

 

तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि लामो समयदेखि अष्ट्रेलिया राजदूत रिक्त थियो।