अस्ट्रेलियामा अहिले गर्मीयाम छ । हामी अस्ट्रेलियाका सुन्दर बीचहरु, यहाँका समुद्रि तटहरु, ताल, पोखरी र नदीहरुमा पौडी खेलेर वा माछा मारेर पानीमा रमाउन चाहन्छौ ।
पानीमा मनोरञ्जन दिने क्रियाकलापहरु गर्दा सुरक्षाका उपायहरु नअपनाउँदा ज्यानै जाने दूर्घटनाहरु बिगतमा भएका छन् ।
अझ भुपरिबेष्ठीत देशबाट आएका हामी नेपालीहरु अस्ट्रेलियाको समुन्द्र र अन्य वाटर वेजहरुको बरेमा अनभिज्ञ हुँदा डुबेर मृत्युहुने जोखिम बढी छ ।
त्यसैले हामीले हाम्रा साथीहरू र परिवारलाई पानीमा डुब्नबाट बचाउन केही कुराहरुमा सचेत रहनु पर्दछ ।
सुरक्षित रहनको लागि, हामीले पानीको वरिपरि मदिरा अथवा लागुऔषद प्रयोग गर्नुहुन्न । यसले हाम्रो सोचाइ र प्रतिक्रियालाई असर गर्न सक्छ जुन पानी भित्र र वरपर रहँदा खतरापूर्ण हुन्छ र पानीमा डुब्ने जोखिन बढ्छ ।
यदि हामी माछा मार्दैछौं वा डुंगामा छौ भने, सबैले लाईफज्याकेट लगाएको हुनुपर्छ, लाईफज्याकेटले जीवन बचाउँछ ।
पानीको वरपर हाम्रो साथीहरू र परिवारका सदस्यहरु छन् भने हामी उनीहरुको नजिकै रहनु पर्छ, उमेर वा अनुभबी भए पनि हामीले कसैलाई कहिल्यै पानीमा एक्लै छोड्नु हुँदैन ।
अस्ट्रेलियामा डुब्ने जोखिममा पर्ने व्यक्तिमा अधिकांश वयस्क पुरुषहरू छन् । बिगतका बर्षहरूमा गर्मीयाममा नेपाली समुदायका केही वयस्क पुरुषहरू डुबानमा परेर ज्यान गुमाउनु भएको थियो, त्यसैले यस गर्मीमा अस्ट्रेलियामा पानीको वरिपरी रहँदा सुरक्षित रहने बारे सोच्नुहोस् ।
थप जानकारीकाे लागि रोयल लाइफ सेभिङ् अस्ट्रेलियाको www.royallifesaving.com.au याे वेभसाइट हेर्नु हाेला । नेप्लिज अस्ट्रेलियन र रोयल लाइफ सेभिङ् अस्ट्रेलियाले पानीमा डुबेर हुने दुर्घटनाबाट सुरक्षित बारेमा याे अभियान संचालन भएकाे हाे ।