MENU

मेलबर्नको होलिडे ईन क्लस्टर संक्रमित संख्या ११ पुग्यो

holiday-inn-melbourne

मेलबर्न । तेस्रो ब्यक्तिमा पनि कोरोना भाइरस संक्रमण पुष्टी भएपछि भिक्टोरिया राज्यको मेलबर्न एअरपोर्टमा रहेको होलिडे ईन क्लस्टर संक्रमित संख्या ११ पुगेको छ ।

बिहिवार नियमित पत्रकार सम्मेलनमा बोल्दै भिक्टोरियाका कोरोना भाइरस परिक्षण कमाण्डर जेरोन वेमारले तेस्रो ब्यक्ति पनि संक्रमित भएको बताएका थिए ।

पछिल्ले संक्रमित निगरानीमा रहेको र उनीको सम्पर्कमा आएका सबैको परिक्षण गरिसकेको वेमारले बताए । वेमारका अनुसार होलिडे ईन क्लस्टरका सबै ११ जना ब्यक्तिमा युके प्रजातिको कोरोना भइरसको संक्रमण भएको छ ।

मेलबर्नमा गएको २४ घण्टामा २२ हजार पाँच सय भन्दा बढी परिक्षण भएको थियो ।

यसैबीच क्विन्सल्याण्ड, साउथ अस्ट्रेलिया र वेस्टन अस्ट्रेलियाले ग्रेटर मेलबर्नबाट आफ्नो राज्यमा यात्रुहरु प्रवेश गर्न निषेध गर्ने भएका छन् ।