क्यानबेरा — प्रत्येक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब १० लाख अस्ट्रेलियालीले उपचारै नगराउने गरेको अनुसन्धानले देखाएको छ ।
यी मानसिक स्वास्थ्यका बिरामी उपचार नगराई बस्ने गरेको रहस्य पनि अनुसन्धानबाट पत्ता लागेको अधिकारीहरूले जनाएका छन् ।
‘प्रोडक्टिभिटी कमिसन’ को अनुसन्धानबाट मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिए पनि बर्सेनि ठूलो संख्याका अस्ट्रेलियालीले उपाचार नै नगराएको खुलेको हो ।
अनुसन्धान अधिकारीका अनुसार अस्ट्रेलियामा अहिले पनि करिब ४० लाख मानिस मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । उनीहरूमा कतिपयमा गम्भीर प्रकृतिको मानसिक रोग छ भने केहीमा डिप्रेसन, मानसिक त्रास, चिन्तालगायतका समस्याबाट पीडित रहेका छन् ।
यी बिरामीमध्ये करिब ३० लाख नागरिक स्वास्थ्य उपचारका लागि पहुँचमा रहने गरेका छन् । उनीहरूलाई उपचारको पहुँच हुने गरेको बताइएको छ ।
अस्ट्रेलियामा मानसिक स्वास्थ्यको उपचार खर्चमा पनि भारी मात्रामा वृद्धि भइरहेको छ । न्यून स्वास्थ्य बजेटका कारण पनि उपचारको पहुँचसम्म मानिस पुग्न नसकेको उक्त अनुसन्धानबाट पत्ता लागेको छ ।
अनुसन्धानका अनुसार हरेक दिन कम्तीमा पनि ३४ करोड ५० लाख अमेरिकी डलर बराबरको खर्च मानसिक स्वास्थ्य समस्याको उपचारमा लाग्ने गरेको छ ।
यो खर्च महँगो भएकोले यहाँको स्वास्थ्य उपचारसम्बन्धी नीतिमा परिमार्जन गर्नुपर्ने सुझाव पनि उक्त अनुसन्धान प्रतिवेदनले दिएको छ ।
तपाइलाइ सहयोग चाहिएमा निम्न नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
Lifeline Australia 13 11 14
Suicide Call Back 1300 659 467
Kids Help Line 1800 551 800
BeyondBlue 1300 224 636
eHeadspace 1800 650 890
Carers Australia 1800 242 636