MENU

अष्ट्रेलियाको डार्विनमा शनिवार नेपाल फेस्टिवल हुँदै

Nepal Festival in Darwin, Nepalese in Darwain, Nepalese living in Darwin
Raju Manandhar On 4 June Nepal Festival is going to be held in Darwin, Northern Territory. This event is organised mainly by NRNA Australia NT SCC in collaboration with the local (Darwin-based) community organisations.

डार्विन। अस्ट्रेलियाको नर्दन टेरोटेरीको डार्विन सहरमा जुन ४ शनिवार नेपाल फेस्टिवल Nepal Festival हुने भएको छ । एनआरएनए अष्ट्रेलिया नर्दन टेरोटेरी राज्य समितिको मुख्य आयोजना र स्थानिय सामुदायिक संस्थाहरूको सहकार्यमा यो कार्यकृम हुन लागेको हो ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा नर्दन टेरोटेरीका संयोजक विष्णु चापागाईका अनुसार नेपाली भाषा, कला, संस्कृती, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका बिभिन्न समुदायवीच प्रबर्द्धन गर्ने उद्देश्यले स्थानिय वाटरफ्रन्टमा आयोजना नेपाल फेस्टिवलको आयोजना गरिएको हो ।

शनिवार दिनको ३ बजेदेखि राती ९ वजेसम्म हुने फेस्टिवलमा दर्शकहरुले नेपाल झल्किने नेपाली ढुङ्गेधारा र धरहरा सहितको नेपाल हाउस हेर्दै नेपाली चियाको स्वाद चाख्न पाउने संयोजक चापागाईले बताए । उनले कोरोना महामारी पछिको अष्ट्रेलिया मात्र नभएर विश्वकै पहिलो नेपाल फेस्टिबल भएको बताए ।

फेस्टिवलमा नेपाली खानाको परिकारको स्टल, नेपाली गित संगितको प्रस्तुति संगै नेपाली चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रिभुलेसनले आफ्ना प्रस्तुतिहरु दर्शक माझ राख्ने भएका छन् ।  कार्यक्रममा फायर वक्स समेत हुनेछ ।

फेस्टिवलका लागि नर्दन टेरोटेरी सरकार समेतको सहयोग रहेको छ ।

गएको बर्ष मे २९ शनिवार डार्विन सहरमा नेपाल फेष्टिभल २०२१ सम्पन्न भएको थियो ।

याे पनि पढ्नुहाेस् ।

अस्ट्रेलियामा मनाईयो अन्तराष्ट्रिय सगरमाथा दिवस (फाेटाे फिचर)