MENU

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अध्यक्षमा केशव जोशी निर्वाचित

The newly elected executive committee of Overseas Nepali Forum, Australia, led by the President Keshav Joshi
The newly elected executive committee of Overseas Nepali Forum (ONF), Australia, led by the President Keshav Joshi.

सिड्नी । प्रवासी नेपाली मञ्च (Overseas Nepali Forum Australia)अष्ट्रेलियाको अगष्ट २७ शनिवार र २८आइतवार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा केशव जोशी निर्वाचित भएका छन् ।

प्रवासी नेपाली मञ्चको उपाध्यक्षमा बालगोपाल उपाध्याय,चीन बहादुर नेपाली र राम घिमिरे चयन भएका छन् भने सचिव प्रकाश पन्थी,सहसचिवहरु असिम कोइराला,होमनाथ निरौला,हेमराज खनाल र आर्थिक विभाग प्रमुखमा दिपक पहारी सहित ३५ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको हो।

त्यस्तै सदस्यहरुमा सिता थापा,नरवीर नेम्वांग, उत्तम अधिकारी, सुजन लामिछाने, विएन मण्डल, दिनेश पाण्डे, किशोर भन्डारी, नारायण बस्नेत, विशाल रानामगर, पर्वत मगर, प्रकाश पौडेल, प्रेमप्रकाश शाही, भवानी पौडेल, कृष्ण गैरे, सूर्यमोहन शर्मा, विजय फुँयाल, भुवन पाण्डे, कृष्ण सापकोटा, रमेश पाण्डे, मुगेन गौतम, द्रोण पन्त, संदिप पोखरेल,तेजेन्द्र विक्रम मल्ल चयन भएका छन ।

Dr. Rajan Bhattarai head of the International Department of CPN (UML), who arrived in Australia Sydney to participate in the convention, Dr. Bhattarai addressing in the inaugural session of Overseas Nepali Forum, Australia
Dr. Rajan Bhattarai head of the International Department of CPN (UML), who arrived in Australia Sydney to participate in the convention, Dr. Bhattarai addressing in the inaugural session of Overseas Nepali Forum, Australia

अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले विदेश विभाग प्रमुख एवं संविधानसभा सदस्य डा राजन भट्टराईले प्रवासी नेपालीहरुलाई मातृभुमीमा आर्थिक लगानीको अतिरिक्त ज्ञान र सिप समेत भित्राउन आग्रह गरे । भट्टराईले नागरिकता विधेयकमा प्रवासी नेपालीहरुको सम्बन्धमा गरेको व्यवस्थाको पक्षमा एमाले रहेको तर भौगोलिक विशिष्ट अवस्थितिका कारण विवाह हुने वित्तिकै विदेशी महिलाहरुले नागरिकता दिने र स्वघोषणा सम्बन्धी व्यवस्था माथि फरक मत रहेको बताए । नेपालको असंलग्न परराष्ट्र नीति माथि खेलवाड गर्दै छिमेकी राष्ट्रहरुको सम्वन्ध बिगार्ने वर्तमान सरकारको काम रोक्न देशमा एमालेको सरकार आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिव रमेश पाण्डेले मञ्चले कोरोना महामारी र अन्य विपदमा नेपालमा पुर्याएको सहयोगको प्रशंसा गर्दै आगामी नेतृत्वले अष्ट्रेलिया रहेको नेपाली समुदाय र मातृभूमिका लागि सहयोगी बन्न आग्रह गरेका थिए ।

कार्यक्रममा मञ्चको अन्तराष्ट्रिय कमिटी सल्लाहकार संजय थापा,ओशियाना ईन्चार्ज डा.विनोद श्रेष्ठ, न्यु साउथ वेल्सका लागि नेपाली महावाणिज्यदुत दिपक खड्का, न्युजिल्याण्डबाट सहभागि नेपाली महावाणिज्यदुतहरु आत्माराम खनाल र दिनेश खड्का, ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्याय र सचिव रमेश पौडेल, एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषद सचिव होम पाण्डे,ओशियाना संयोजकहरु दिनेश जोशी र केशब सापकोटा, सह संयोजक अशोक केशी, एनएसडव्लु संयोजक देब गुरुङ, उपाध्यक्ष स्विकृती भट्ट, एनआएनए अष्ट्रेलियाका पुर्व अध्यक्षहरु महेन्द्र ओली र गोबा कटुवाल, नेकपा एमालेका पुर्व केन्द्रिय सदस्य नन्द लाल जोशी, नेपाल अष्ट्रेलिया जर्नालिस्ट एसोसियसनका अध्यक्ष ऋषि आचार्य, नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अध्यक्ष सुरेश गुरुङ, नेप्लिज अष्ट्रेलियन डेमोक्रयाटिक फोरम अध्यक्ष भिष्म भण्डारी, नेपाली जन प्रगतिशील मञ्चका नेता झलक राज ढुङ्गाना लगायतका बक्ताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Guests of the 5th National Convention of Overseas Nepali Forum (ONF), Australia
Guests of the 5th National Convention of Overseas Nepali Forum (ONF), Australia

उद्घाटन सत्र मञ्चका अध्यक्ष केशब जोशीको अध्यक्षता भएको थियो भने निवर्तमान शिशिर नेपालले संचालन गरेका थिए । स्वागत मन्तव्य प्रवक्ता सन्तोष दहाल र धन्यवाद मन्तव्य एनएसडव्लु अध्यक्ष कृष्ण सापकोटाले व्यक्त गरेका थिए । यस अघि सोहि बन्द सत्रले अध्यक्ष केशव जोशीद्वारा प्रस्तुत राजनितिक प्रतिवेदन, निवर्तमान सचिव शिशिर नेपालद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र निवर्तमान आर्थिक विभाग प्रमुखद्वारा प्रस्तुत राम घिमिरेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो ।

मंचले आइतवार २८ अगष्टमा घोषणा सभा आयोजना गरेको थियो । उक्त कार्य प्रमुख अतिथि राजन भट्टराई लगाएत नेपाली समुदायका अगुवाहरूले    नेपाल र नेपालीको हितमा काम गर्न नव निर्वाचित कमिटीलाई शुभकामना दिएका थिए । नव निर्वाचित सचिव प्रकाश पन्थीको संचालनमा भएको कार्यक्रममा पुन: निर्वाचित अध्यक्ष जोशीले प्रतिब्धता मन्त्वय व्यक्त गरेका थिए ।

याे पनि पढ्नुहाेस् ।

प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको पाँचौ अधिवेशन सिड्नीमा हुने