MENU

गभर्नरको मुद्दामा अन्तरिम आदेशले निरन्तरता पायो

Nepal Rastra Bank (NRB) Governor Maha Prasad Adhikari.
Nepal Rastra Bank (NRB) Governor Maha Prasad Adhikari

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दामा अन्तरिम आदेशले निरन्तरता पाएको छ ।

आजको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । उनको रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

यसअघि वैशाख ६ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अधिकारीलाई काममा फर्किन, उनीविरुद्धको छानविन समितिलाई काम नगर्न र दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफलमा आउन सर्वोच्चले भनेको थियो।

गत चैत २५ गते अर्थ मन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषदले गभर्नर अधिकारीमाथि छानविन गर्ने समिति गठन गरेको थियो । छानविन समिति गठन भएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।