MENU

अक्टोबर १७ देखि अस्ट्रेलियन पर्यटकले नेपाल भ्रमण गर्नपाउने

Nepal will open for foreign tourist and traveller

काठमाडौं । नेपाल सरकारले बिदेशी पर्यटकलाई अक्टोबर १६ तारिखदेखि नेपाल भ्रमण गर्न अनुमति दिनेभएको छ ।

भ्रमणमा आएका पर्यटकहरुको साथमा कोभिड नेगेटिभ रिपोर्ट भए क्वारेन्टिन बस्नुपर्ने छैन ।  तर, विदेशी पर्यटकले नेपाल भ्रमण गर्नुअघि पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट पेशगर्नुपर्नेछ ।

प्रधानमन्त्री तथा अन्य मातहतका मन्त्रीहरुसंगको वैठकपछि पर्यटनमन्त्रालयले विदेशी पर्यटकलाई नेपाल भ्रमणको अनुमति दिने घोषणा गरेको हो ।

सरकारको पछिल्लो निर्णयले अस्ट्रेलियाली तथा अन्यदेशका पर्यटक नेपालको भ्रमण गरेमा सिधै पर्यटकीय गन्तब्य तर्फजान पाँउने छन् ।

अस्ट्रेलियाले नेपालसंगको उडान नखुलाए पनि नेपाल भ्रमण गर्न चहाने अस्ट्रेलियनहरुले अस्ट्रेलिया– सिंगापुर चार्टर्ड र सिंगापुर काठमाडौं नियमित उडान मार्फत नेपाल जान सक्नेछन ।