MENU

तास्मानियाको होबार्टमा तीज कार्यक्रम हुने

Nepalese Teej Festival of Tasmaniuaहोबार्ट होबार्ट । नेपाली सोसाईटी अफ तास्मानियाको आयोजनामा यही सेप्टेम्बरको ४ शनिबार तीज कार्यक्रम हुने भएको छ । कार्यक्रम होबार्टको सिटी हलमा अपरान्ह ३ बजे देखि ८ बजे सम्म हुन लागेको हो ।

नेपाली सोसाईटी अफ तास्मानियाका अध्यक्ष खगेन्द्र सत्यालका अनुसार अस्ट्रेलियाका प्रयः सबै राज्यहरुमा लकडाउन र कडा प्रतिबन्धहरु जारी भएको बेला स्वास्थ्य सम्बन्धी मापदण्डहरु पालना गर्दै तीज कर्यक्रम आयोजना हुन लागेको हो ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको समेत साथ रहेको यो कार्यक्रममा तीजको दर, साँस्कृतिक कार्यक्रम, राफल चिठ्ठा, डिजेको प्रस्तुती र महिला उद्यमीहरुका स्टलहरु रहने अध्यक्ष सत्यालले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

कार्यक्रमबाट भएको नाफाको रकम नेपालको सिन्धुपाल्चोक र बाजुरा जिल्लाका बिपन्न स्कुलजाने उमेरका बालिकाहरुको लागि स्यानिटरी प्याड सहयोगका लागि खर्च गरिने छ ।

पछिल्लो समयमा अन्तर राज्य बसाईसराइका कारण टापु राज्य तास्मानियमा नेपाली समुदायको जनसंख्या उल्लेख्य रुपमा बृद्धि भैरहेको छ ।