MENU

फुकेन एमसीसीकाे गाँठाे, सत्ता गठबन्धन चरम संकटमा

Millennium Challenge Corporation (MCC)

सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षबिहीन भएको हो । मुलुककमा विकसित राजनीतिक घटनाक्रमका विषयमा गम्भीरतापूर्वक छलफल भएपछि सहमति जुटिनसकेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बैठकपछि जानकारी दिए ।

एमसीसीलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीरतापूर्वक छलफल भएको उनको भनाइ छ ।

शुक्रबार १० बजे पुन बैठक बसेर सहमति जुटाउन प्रयास गरिने उनले बताए । उनले सत्ता गठबन्धनका ५ दलमध्ये ४ दल सरकारमा रहेको उल्लेख गर्दै गठबन्धनभित्र फरक फरक विचार भएकाले

एमसीसीको विषयमा सहमति जुटाउन प्रयासरत रहेको पनि बताए । उनले सरकार सार्वभौम संसदबाट एमसीसी पारित गर्न लागिपर्ने र त्यसतर्फ छलफल केन्द्रीत रहेको पनि बताए ।

उनले फागुन १६ सम्ममा एमसीसी पारित गर्नुपर्ने भएकाले सरकार यसतर्फ प्रयास रहेको पनि बताए ।