MENU

सन्दीप पछि सुनम गौतमले पाउलान त अस्ट्रेलियाको बिग ब्यास खेल्ने मौका ?

Nepalese Australian
Sunam Gautam
सुनम गाैतम/तस्वीर स्राेत: फेसबुक

एडिलेड । अस्ट्रेलियाको बिग ब्यास टि–२० लिगमा खेल्ने नेपाली क्रिकेटर सन्दीप लामिछानेपछि अस्ट्रेलियामै रहेका नेपाली क्रिकेटर सुनम गौमले पनि खेल्न पाँउने सम्भावना बढेको छ ।

अस्ट्रेलियन क्रिकेटर स्टुवार्ट मेकगिलले नेपाली क्रिकेटर सुनम गौतमलाई अस्ट्रेलियाको बिग ब्यास टि–२० लिगमा सामेल गर्न सम्बन्धित क्लबहरूलाई सिफारिस गरे संगै गौमले खेल्न पाउने सम्भावना बढेको हो ।

उनको नाम सिफारिस भएपछि नेप्लिज अस्ट्रेलियनसंग सुनमले भने ‘अहिले क्रिकेटको सिजन हो, मेरो नाम सिफारिस भएको सुनेर मनोबल बढेको छ यदी खेल्न पाँए भने नेपालको ईज्जत राख्छु ।’

क्रिकेटमा सुनौलो सुनम

अस्ट्रेलियाको एडिलेड निवासी ३० वर्षीय क्रिकेटर सुनम गौतमले नेपालमा रहँदा काठमाडौं, एपिएफ लगायतका टिमबाट क्रिकेट खेलिसकेका छन । उनले सन् २००५ मा अन्डर–१७, २००७ मा अण्डर–१९ तथा सन् २००९ मा इंगल्याण्डको एमसिसी विरुद्ध पनि राष्ट्रिय टोलीबाट सहभागिता जनाइसकेका छन् ।

Melbourne Renegades
बिग ब्यास टिम मेलबर्न रेनीग्रेड्सको बहुसाँस्कृतिक टिममा सहभागि सुमन गौतम/तस्वीर स्राेत: फेसबुक

अस्ट्रेलियन क्रिकेटमा सुनमको ईन्ट्री

सन् २०१२ मा ‘स्पोर्टस् साइन्स’अध्ययन गर्नका लागि अस्ट्रेलियामा आएका सुनम गौतम यहाँ आएपछि पनि आफ्नो खेलजीवनलाई निरन्तरता दिइरहेका छन् । गौतमले क्रिकेटमार्फत् नै स्थायि बसोबासको अवसर पाएका थिए ।

उनी फुटस्क्रे क्रिकेट क्लब, ग्रिनभेल कंगारूज हुँदै अहिले एडिलेडको साउदर्न डिस्ट्रिक्ट क्रिकेट क्लबबाट आवद्ध भएर क्रिकेट खेल्दै आएका छन् । सुनम गौतमले अस्ट्रेलियाको घरेलु क्रिकेटमा कुल २ सय ९ खेल खेलेर ५ हजार ९९ रन बनाएका छन् भने २ सय ४९ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट ब्याटिङ योगफल १ सय ८७ रन हो भने १४ रन खर्चेर लिएको ६ विकेट उत्कृष्ट बलिङ प्रदर्शन हो ।

कसरी सिफारिसमा परे सुनम

सुनम गौतम आवद्ध रहेको क्लब साउदर्न डिस्ट्रिक्ट क्रिकेट क्लबका कोच कार्ल हुपर हुन् । उनी वेष्ट इन्डिजका पूर्व कप्तान पनि हुन् । उनको एक मैत्रीपूर्ण खेलका क्रममा सहभागी भएका स्टुआर्ट मेकगिलसँग पहिलोपटक चिनाजानी भएको थियो ।

स्टुआर्ट म्याकगिलका साथ सुनम गाैतम । तस्वीर स्राेत: फेसबुक

त्यसबखत् एउटै टिमबाट खेलेका मेकगिल गौतमको बलिङ देखेर निकै प्रभावित भएका थिए । यदी सुनमले खेल्ने मौका पाए भने उनी सन्दीप लामिछाने पछि अस्ट्रेलियाको बिग ब्यासमा खेल्ने दोस्रो नेपाली क्रिकेटर हुनेछन् ।