MENU

न्युजिल्यान्ड पठाउने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ

New Zealand would ease coronavirus border restrictions form November 2021
New Zealand would ease coronavirus border restrictions form November 2021

काठमाडौं–न्युजिल्यान्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी अरोपमा नुवाकोट बिदुर नगरपालिका–७ घर भएकी २७ वर्षीया शोभा पौडेललाई पक्राउ गरेको हो।

उनले सिन्धुलीको दुधौली नगरपालिका–१ बंका घर भएका ३१ वर्षीय नारायण बोगटीसहित ९ जना व्यक्तिलाई न्युजिल्यान्ड पठाउने भन्दै ठगी गरेको आरोपमा अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

न्युजिल्यान्ड जानका लागि प्रतिव्यक्ति १२ लाख ५० हजार रुपैयाँ लाग्ने र १ लाख ७० हजार रुपैयाँसम्म तलब हुने भन्दै रकम उठाएर ठगी गरेको पाइएको प्रहरीले जनाएको । यसरी उनले ६३ लाख २० हजार रुपैयाँ लिएर ठगी गरेको आरोप छ।

पक्राउ परेकी पौडेललाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।