MENU

१८औं गैरआवासीय नेपाली दिवस सम्पन्न

NRNA Day 2021

 ११ अक्टोवर २०२१ का दिन विविध कार्यक्रमहरुको आयोजना गरि १८औं गैरआवासीय नेपाली दिवस सम्पन्न भएको छ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी यो दिवस मनाईएको छ ।

 विगतमा झै यस अवसरमा आज स्वयंम्भू र पशुपतिमा पुजा आजा कार्यक्रम गरियो । यस कार्यक्रममा संघका अध्यक्ष लगायत संरक्षकहरु, सल्लाहकारहरु, पदाधिकारीहरु, विभिन्न मुलुकबाट आउनु भएका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो । 

 यस अवसरमा गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले सचिवालयमा ‌ओलम्पियन खेलाडी तथा प्रशिक्षकहरुको सम्मानमा एक कार्यक्रमको आयोजना गर्यो । खेलाडी तथा प्रशिक्षकहरुलाई प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरिएको थियो । साथै तेकान्दो तथा काता सम्बन्धी खेलहरुको प्रदर्शनी गरिएको थियो । यस कार्यक्रममा भौतिक तथा अनलाइनबाट सहभागीता जनाईएको थियो । कार्यक्रममा संघका अध्यक्ष लगायत संरक्षकहरु, सल्लाहकारहरु, पदाधिकारीहरु, विभिन्न मुलुकबाट आउनु भएका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 यसैगरी यस पावन अवसरमा सचिवालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । विभिन्न व्यक्तिहरुले रक्तदानमा सहभागीता जनाएका थिए ।

 कार्यक्रमको अन्तमा गैरआवासीय नेपालीहरुको सम्मानमा चियापान कार्यक्रमको आयोजना गरिएको थियो ।  यस कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले स्वागत मन्तब्य दिनु भएको थियो । यसै गरी संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, सल्लाहकारहरु, लगायत पदाधिकारीहरु, पूर्व पदाधिकारीहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।  यस कार्यक्रममा विभिन्न मुलुकबाट आउनु भएका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरीले गर्नु भएको थियो ।

 अन्त्यमा सचिवालयमा गैरआवासीय नेपाली संघको झण्डोतोलन कार्यक्रमको आयोजना गरिएको थियो ।