MENU

गैर आवसीय नेपाली संघ अस्ट्रेलिया निर्वाचनमा करिब १० प्रतिशत ‘नो भोट’

सिड्नी । गैर आवसीय नेपाली संघ अस्ट्रेलियाको निर्वाचन केही अघि सम्पन्न भइसकेको छ भने नतिजा पनि सार्वजनिक भइसकेको छ । निर्वाचन हुनु र नतिजा सार्वजनिक हुनु सामान्य विषय भएपनि निर्वाचनपछि देखिएको मतपरिणम भने केही रोचक देखिएको छ ।
‘नो भोट’ अर्थात कुनै पनि उम्मेद्वारलाई भोट नदिनेहरुको संख्या उल्लेख्य देखिएको हो । कुल भोटको संख्याका आधारमा तुलना गर्दा यो संख्या १० प्रतिशत देखिएको छ ।

प्रजातान्त्रिक अभ्यासमा विशेषत पश्चिमा मुलुकमा नो भोट सामान्य मानिने भएपनि सामाजिक अवधारणमा स्थापित भएको गैर आवसीय नेपाली संघको निर्वाचनमा ठूलो संख्यामा नो भोट देखिनु भनेको अनौठो मानिएको छ । यसलाई मतदाताको उम्मेद्वारप्रतिको घट्दो विश्वासका रुपमा हेरिएको छ । 

कतिपयले यसलाई चुनावी समीकरणका क्रममा आफुले मन पराएका व्यक्ती उम्मेद्वार नभएपछि ‘नो भोट’को विकल्प रोजेको हुनसक्ने अनुमान गरिएको छ । 

यसपटको निर्वाचनमा कुल ११ हजार ६ सय १७ मतदातामध्ये ८ हजार ३ सय ६६ जना मतदान प्रकृयामा सहभागी भएका थिए । उक्त संख्यामध्येका ३ हजार २ सय ५१ जनाले भने मतदानमा सहभागिता नै जनाएनन् । 

 

कुन पदमा कति ‘नो भोट’

 

अध्यक्षः

खसेको कुल भोट–८,३६६

नो भोट –४६१

 

महासचिवः

खसेको कुल भोट–८,३६७

नो भोट –७३७

 

सचिवः

खसेको कुल भोट–८,३६५

नो भोट –८०३