MENU

ओसिनिया एजुकेशन एण्ड भिषा सर्भिसेजको नर्सिङ भर्ना सप्ताह कार्यक्रम

Nursing Course Enrolment Week

सिडनी । कोरोना भाइरसको महामारी संगै संघीय सरकारले नर्सिङ पेशालाई प्राथमितामा राखेपछि शैक्षिक पराशर्मदाताहरुले  नर्सिङ बिषय अध्ययनका लागि विद्यार्थीहरुलाई आकषर्ण गर्न नयाँ नयाँ अफरहरु सार्वजनीक गर्न थालेका छन  ।

यसैवीच ओसिनिया एजुकेशन एण्ड भिषा सर्भिसेजले अक्टोवर १९ देखि २३ तारिखसम्म नर्सिङ भर्ना सप्ताह गरिरहेको छ ।

विद्यार्थीहरुलाई उचित परामर्श प्रदान गर्नुका साथै भविष्यको लक्ष्य प्राप्तीका लागि लिने निर्णय प्रक्रियामा सहि मार्ग दर्शन प्रदान गर्नु् कार्यक्रमको मुख्य उदेश्य रहेको ओसिनिया एजुकेशन एण्ड भिषा सर्भिसेजका डाईरेक्टर भुपाल सिटौलाले जानकारी दिए ।

भर्ना सप्ताह अन्तर्गत ठूलो संख्यामा छात्रवृति समेत प्रदान गरिने छ र यसका लागि नर्सिङ पृष्ठभूमि नभएका विद्यार्थीहरु पनि योग्य हुन सक्छन् । योग्य उम्मेदवारले ३० देखि ५० प्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सक्नेछन् ।

ब्याचलर अफ नर्सिङ कार्यक्रम अन्तर्गत आई ई एल टि एस मा ७ भन्दा कम ब्याण्ड ल्याएपनि योग्य हुन सक्नेछन् सिटौलाले भने ।

यसका साथै भर्ना सप्ताहमा नर्सिङका लागि सेवा लिन चाहने विद्यार्थीहरुलाई  भिषा शुल्कका लागि लाग्ने ५ सय ५० डलर बराबर शुल्क फ्रि हुने ओसिनिया एजुकेशन एण्ड भिषा सर्भिसेजले जनाएको छ ।