MENU

नेकपा निकट अस्ट्रेलियाको प्रवासी नेपाली एकता मन्चमा मतभेद

सिड्नी। आफ्नै पार्टी भित्र शक्तिसंघर्ष  चुलिएपछि  प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको आयु बाँकी रहदै विघटन गरिदिएपछि नेपाल कम्युनिष्ट पार्टी निकट प्रवासी नेपाली एकता मन्च अस्ट्रेलियामा मतभेद देखिएको छ ।

रमेश पाण्डे अध्यक्ष रहेको प्रवासी नेपाली एकता मन्च अस्ट्रेलिया सहित ३३ देशका प्रवासी संगठनले संसद विघटनको कदमलाइ स्वागत गरेका छन भने सोही अस्ट्रेलिया स्थित मन्चका सचिव प्रविन कंडेलले संसद विघटन गर्नै प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध गरेका छन् ।

केन्द्रीय राजनीतिमा प्रचण्ड-नेपाल पक्ष र ओली पक्ष भएजस्तै प्रवासका संगठनमा पनि त्यसको असर देखिएको छ । प्रवासी दुई संगठनका नेताहरुले आ-आफ्नो गुटको बचाउ गर्न थालेका छन् ।

अस्ट्रेलियासंगैं ३३ देशमा संगठन विस्तार भएको प्रवासी नेपाली एकता मन्चमा दुई गुट स्पष्ट देखिएका छन् । ओली पक्षका प्रवासी नेताहरुले चुनावमा होमिनुको विकल्प नभएको भन्दै सरकारको बचाँउ गरेका छन भने प्रचण्ड-माधव पक्षका प्रवासी नेताहरुले सरकारी कदम, असंवैधानीक भएको भन्दै विरोध जनाएका छन् ।

बहुमतको आ-आफ्नै दावी

प्रवासी नेपाली एकता मन्च अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले नेप्लिज अस्ट्रेलियनसंगको कुराकानीमा मुलप्रवाह( पूर्व एमाले)को पक्ष आफुहरुसंग भएको दावी गर्दै यहाँको नेत्तव आफैले गर्न बताए । प्रवासमा बहुमत र अल्पमत भन्ने होइन मुलप्रवाह कोसंग छ त्यही अनुसार अगाडी बढ्नु पर्छ पाण्डेले भने ।

सोही मन्चका सचिव प्रविन कंडेलले भने अस्ट्रेलियामा प्रचण्ड-नेपाल पक्ष बहुमत भएको दावी गर्दै सरकार र ओली पक्षले गरेका कामको विरोध गरे । पार्टीमै विभाजन आएपछि हामीले आप्नो पक्षलिनै पर्छ कंडेले भने अस्ट्रेलियामा प्रचण्ड-नेपाल पक्ष बहुमतमा छ ।

एक बर्षअघि दुई पार्टीका प्रवासी संगठनहरु वीच एकता भएको थियो ।