MENU

अध्यादेशमार्फत बजेट आउने प्रधानमन्त्रीद्वारा स्पष्ट

Prime Minister of Nepal K P Sharma Oli
Prime Minister of Nepal K P Sharma Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन्।

आइतबार एक कार्यक्रमबीच ओलीले १५ गते बजेट स्वाभाविकरुपमा अध्यादेशबाट आउने बताए ।

संचारकर्मीको संसद छैन्, अब बजेट कसरी ल्याउनु हुन्छ भन्ने प्रश्नमा ओलीको यस्तो प्रतिक्रिया आएको हो । ओलीले यो वर्षको बजेट कोभिडमा केन्द्रित हुने बताए।

उनले भने, ‘यस वर्ष विकासका साह्रै ठूला आकांक्षा राख्दैनौं।’

‘बजेट सस्तो लोकप्रियता अथवा चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नु भन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन।’ उनले भने ।

ओलीले आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने पनि बताए।