MENU

क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रको दोश्रो बार्षिक साधारण सभा जनवरी ३१ हुने

Queensland Nepalese Cultural Centre

ब्रिसबेन । नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै सांस्कृतिक गतिबिधिहरुको अभ्यास गर्न आबश्यक स्थल निर्माण गर्ने र यसलाई नेपाली संस्कृतिको केन्द्रको रुपमा ब्यबस्थापन गर्ने दीर्घकालीन उद्देश्य प्राप्तिमा समुदायको सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ क्विन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्र (QNCC) को स्थापना भएको छ ।

सन् २०१९ मा स्थापित यो संस्थाको दोश्रो बार्षिक साधारण सभा आगामी जनवरी ३१ तारिखका दिन ब्रिसबेनको मिचल्टन स्थित मिचल्टन सिनियर सिटिजन्स केन्द्रको सभाहलमा सम्पन्न हुदैछ । ले संस्थाको बार्षिक गतिबिधि र आगामी बर्षको कार्यक्रमहरुको बारेमा छलफल गर्नुको अलावा बर्ष २०२१-२२ को लागी नयां कार्यसमितिको चयन गर्ने छ ।

उक्त अबसरमा सोहि दिन बेलुकी ६ बजे देखि संस्थाका आजीवन सदस्यहरुलाई सम्मान गर्ने, नयाँ कार्य-समितिका सदस्यहरुको परिचय गराउने आदि उद्देश्यका साथ रात्री भोज सहित मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजना गरिदैछ । करिव २ घण्टा सम्म चल्ने सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले मनमोहक नृत्यहरु, गायन र हाँस्य प्रस्तुति गर्दै सहभागीहरुलाई मनोरंजन प्रदान गर्ने छन् ।

कोभिड-१९ को कारणले लामो समय पछि यस्तो सामुदायिक कार्यक्रम हुन लागेकोमा समुदायमा उत्साह एकातिर छ भने अर्कोतिर ब्यबस्थापनमा थप चुनौतीहरु पनि छन । क्विन्सल्याण्ड सरकारको बर्तमान स्वास्थ्य सम्बन्धि मापदण्ड अनुसार कार्यक्रमको ब्यबस्थापन गरिने जानकारी QNCC का अध्यक्ष हरि खड्काले गराउनु भएको छ ।

कार्यक्रमको तैयारी अन्तिम चरणमा रहेको छ । आयोजक संस्थाले, कार्यक्रममा सहभागी भै QNCC को अभियानमा एकबद्धता जनाइदिनुहुन र कलाकारहरुलाई उत्साह प्रदान गरिदिनुहुन स्थानीय नेपाली समुदायका सदस्यहरुलाई अनुरोध गरेको छ ।

याे पनि पढ्नुहाेस् ।

पौडी खेल्ने क्रममा डुबेर अस्ट्रेलियाको क्विन्सल्याण्डमा नेपाली पुरूषको मृत्यु