MENU

पौडी खेल्ने क्रममा डुबेर अस्ट्रेलियाको क्विन्सल्याण्डमा नेपाली पुरूषको मृत्यु

Police, paramedics and swift water rescue workers attended Gardners Falls where a man drowned on Australia Day.(Supplied: Kawana SES)
Police, paramedics and swift water rescue workers attended Gardners Falls where a Nepalese man drowned on Australia Day. (Supplied: Kawana SES)

अस्ट्रेलिया डे मनाउन जनावरी २६ मंगलबार परिवार र साथीहरुसँग पौडी खेल्न गएका एक नेपाली पुरुषको पानीमा डुबेर मृत्यु भएको छ ।

क्विन्सल्याण्डको राज्यको मलेनी नजिक रहेको गार्डनर्स झरनामा पौडी खेल्ने क्रममा ४० बर्षिय नेपाली पुरुषको ज्यान गएको हो ।

स्थानिय सनसाईनकोस्ट डेलीले जनाए अनुसार मंगलबार अपरान्ह ४ः४५ बजेतिर पानीमा हाम फालेका ती पुरुष पौडेर तैरीन खोजे पनि पछि पानीमा डुबे कहिलै फर्केनन् ।

राती आठ बजे पछि प्रहरीले ६ मटिर गहिराईबाट पुरुषको शरिर पानी बाहिर निकालेको थियो । कालौन्ड्रामा बिगत १८ महिना अघिदेखि बस्दै आएका ती पुरुष डिपेन्डेन्ट भिषा रहेको बताईएको छ । मृतकको पोष्टमार्टम गरेपछि मात्रै घटनाको वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ।

यसैबीच घटनाको पुष्टी गर्दै गैर आवासीय नेपाली संघ अस्ट्रेलिया क्विन्सल्याण्ड राज्य समिति संयोजक उमेश खड्काले सहयोगको लागि अवश्यक पहल भैरहेको नेप्लिज अस्ट्रेलियनलाई बताए ।

यसअघि जनावरी ४ सोमबार सिड्नीको दक्षिणमा रहेको रोयल नेसनल पार्कमा पौडी खेल्ने क्रममा डुबेर नेपाली युवा सचेत बिमलीको निधन भएको थियो ।

पानीको वरिपरी रहँदा सुरक्षित रहने बारे थप जानकारी

अस्ट्रेलियामा पानीको वरिपरि रहँदा सुरक्षित रहने बारे सोच्नुहोस्