MENU

के तपाई ठिक हुनुहुन्छ ? जुनसुकै दिनपनि सोध्नुहोस !

सिड्नी । अस्ट्रेलियामा आर यु ओके ? डे अर्थात के तपाई ठिक हुनुहुन्छ ? दिवस सेप्टेम्बर दशमा मनाइन्छ । यो  दिवसलाइ आत्महत्या रोकथामकाे  दिनका रूपमा पनि मनाइने  गरिन्छ । याे अस्ट्रेलियाकाे  राष्ट्रिय दिवस हो र यस दिन अस्ट्रेलियन नागरिकहरुले एक अर्कालाई आर यु ओके ? अर्थात के तपाई ठिक हुनुहुन्छ ? भनेर सोध्ने गर्छन र सबैलाई सम्झना गराइन्छ कि जुनसुकै दिन पनि के यी कुरा सोध्नुपर्छ ।

सन् २०२० सबैका लागि चूनौतिपूर्ण छ तथा अहिले एक अर्कासंग सम्पर्कमा बस्ने, सक्षमले अरुलाई सहयोग गनुपर्ने परिस्थिति बनेको हुदा यो दिवस अझै महत्वपूर्ण छ । यस दिवसले समस्यामा परेका मानिसलाई के भन्ने तथा उनीहरुले कसरी आफ्नो जीवन परिवर्तन गर्न सक्छन भन्ने मार्गदर्शन दिन सिकाउछ ।

यदि कसैले म ठिक छैन भन्यो भने उनीहरुसंग कुरा गरिराख्न तपाई कुनै विज्ञ हुनुपर्दैन । केवल उनीहरुलाई के भन्नुपर्छ भन्ने कुरा थाहा भयो भने तपाईले उनीहरुलाई सहयोग प्राप्त भएको अनुभव दिलाउन सक्नुहुन्छ जसले गर्दा उनीहरुको जीवनमा साच्चै नै सकारात्मक परिवर्तन ल्याउन सक्छ ।

यस वर्षको आर यु ओके ? दिवसको थिम भनेको आर यु ओके संगै अरु पनि थप कुरा भन्नु हो र यस वर्ष यो दिवस आफूलाई कसरी स्याहार गर्ने तथा आफू ठिक भएको जाच गर्नुपर्ने कुरा याद गर्न पनि महत्वपूर्ण छ ।

आफ्नो हेरचाह गर्नुभनेको स्वार्थी कुरा होइन किनभने यदि तपाईले आफूलाई हेरचाह गर्नुभएन भने अरुको हेरचाह गर्नसक्नु हुन्न ।

 प्रधानमन्त्री स्कट मरिसनकाे संवाेधन