MENU

वाग्मती प्रदेशको मुख्यमन्त्री पदमा राजेन्द्र पाण्डे नियुक्त

Unified Socialist leader Rajendra Pandey has been sworn in as the Chief Minister of Bagmati Pradesh on Thursday.
Unified Socialist leader Rajendra Pandey has been sworn in as the Chief Minister of Bagmati Pradesh on Thursday.

वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई नियुक्त गरेका छन्।

यसैगरी मुख्यमन्त्री राजेन्द्र पाण्डेको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले गठबन्धनको तर्फबाट प्रदेशसभाका सदस्य कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र कृष्णप्रसाद खनाललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

प्रदेशसभाका ५९ जना सदस्यको समर्थनसहित मुख्यमन्त्री पदमा पाण्डेलाई नियुक्त गर्न दाबीपत्र हिजै प्रदेश प्रमुख सचिवालयमा दर्ता गरिएको थियो । गठबन्धनको तर्फबाट प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जसपाबाट नवनियुक्त मुख्यमन्त्रीलाई समर्थन छ

प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, विवेकशील साझा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र जसपाको गरी कूल १०९ जना सदस्य छन्।