MENU

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं- सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी जेठ १ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार दुई दिन बिदाको निर्णय भएको जानकारी दिएका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।