MENU

अस्ट्रेलियाका नेपाली बालबालिका बीच दशैं तिहार बारे बक्तृत्वकला हुने

Nepalese Association of Victoria-Dashain And Tihar

मेलबर्न । अस्ट्रेलियामा जन्मिएका पछिल्लो पुस्ताका बालबालिकाले नेपाली सँस्कार र संस्कृति बिर्सने हुन कि भन्ने चिन्ता अभिभावकहरूमा बढ्दै गएको छ ।

यसैबीच नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले बालवालिकाहरूलाई मौलिक चाडपर्वहरूको जानाकारीमुलक सुचना सम्प्रेषण गराउने उदेश्यले बक्तृत्वकला कार्यक्रम आयोजना गरेको छ ।

न्याभका अध्यक्ष राम गुरूङका अनुसार दशैं तिहार शिर्षकको बक्तृत्वकला कार्यक्रमा ६ देखि १६ बर्षका बालबालिकाले भाग लिन सक्नेछन् । सहभागीहरूले १७ अक्टुवर सम्म निवेदन दिन सक्नेछन भने २४ अक्टुवर देखि अनलाइन मार्फत कार्यक्रम हुने न्याभले जानकारी दिएको छ ।

“भाषा हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हाम्रो चिनारी नै हराउँछ, आफ्नो भाषाको बर्णन गर्न नसके पनि हाम्रो संस्कार र संस्कृतिको चिनारी दिन यस्ता कार्यक्रमले सहयोग पुर्याउछ ।”  अध्यक्ष राम गुरूङले भने ।

नेपाली समुदायको अगुवाइमा अस्ट्रेलियाका विभिन्न राज्यहरूमा बालबालिकाका लागि नेपाली भाषाका बिद्यालयहरू पनि संचालन भइरहेका छन् ।