MENU

अस्ट्रेलियामा नेपाली खेलप्रेमी युवा विद्यार्थीहरुलाई हौसल्ला दिदै हिमालयन बिजनेस ग्रुप

Himalayan Business Group Brisbane and Canberra
Sportsmen from Brisbane receives sports kits from Himalayan Business Group

ब्रिसबेन । अध्ययनको लागि अस्ट्रेलिया आएका विद्यार्थीहरु अध्ययनसँगै खेलकुदमा पनि सक्रियाता बढाएका छन् । अस्ट्रेलियाभर छरिएर रहेका नेपालीहरुले यहाँका हरेक राज्यमा महिनामा कुनै न कुनै खेलकुद कार्यक्रम गरिनै रहेका हुन्छन् ।

त्यसो त अस्ट्रेलिया आएका नयाँ पुस्तामा क्रिकेटको के्रज बढ्दो छ भने फुटबलमा पनि उतिकै चासो छ । नेपाली खेलकुदका कार्यक्रमहरुलाई यहाँका स्थानीय क्लवहरुसँग प्रतिस्पर्धा गराउने उदेश्यले केही खेलकुद क्लवहरुलाई हिमालय बिजनेस ग्रुपले सहयोग गर्दै आएको छ ।

हिमालय बिजनेस ग्रुप ब्रिसबेनका संस्थापक प्रबिन भण्डारी भन्छन ’’अस्ट्रेलियाको ब्यस्त जीवनमा पनि नेपाली युवाहरुले खेलकुदमा देखाएको सक्रियतामा हामीले साथ दियौं भने मात्र उनीहरुको मनोबल बढ्दछ ।’’ सो ग्रुपले हिमालय टाईगर क्रिकेट क्लबलाई जर्सिसँगै प्रायोजन समेत गरेको छ ।

यो ब्यवसायले क्वीन्सल्याण्डमा सक्रिय रहेको राईजिङ स्टार फुटबल क्लव, हिमालय टाईगर क्रिकेट क्लवका साथै क्यानबेरामा रहेको क्यानबेरा नेप्लिज क्रिकेट क्लव र हिमालयन युनाईटेड फुटबल क्लवलाई पनि प्रायोजन गर्दै आएको छ ।

क्यानबेराको हिमालयन युनाइटेड फुटबल क्लबलाई जर्सी सहयोग

Himalayab Business Group Canberra
Himalayan United Football Club of Canberra receives sport Kits including football jerseys in sponsorship from Himalayan Business Group

हिमालयन बिजनेश ग्रुप, क्यानबेराले स्थानिय हिमालय युनाइटेड फुटबल क्लबलाई जर्सी लगाएका खेल सामग्रि प्रधान गरेर सहयोग गरेको छ ।

४ अक्टाबर आईतबार अस्ट्रेलियन क्यापिटल टेरिटोरीक संसदहरु, नेपाली समुदायका प्रतिनिधिहरु र खेलकुद प्रेमी युवाहरुमाँझ फुटबलको जर्सी बितरण गरिएको थियो । हिमालयन बिजनेश ग्रुप, क्यानबेराका निर्देशक आदर्शजंग पाण्डेका अनुसार नेपाली युवा विद्यार्थीहरुलाई खेलकुद मार्फत काम र अध्ययनको कारण हुने तनाब कम गर्न मद्दत गर्ने उद्देश्यले यो सहयोग गरिएको हो ।

खेल समग्रि बितरण कार्यक्रममा प्रमुख अथिति संघिय सांसद डेभिड स्मिथ थिए भने एसिटीका बहुसाँस्कृतिक मन्त्री क्रिस स्टिल पनि उक्त कार्यक्रममा सहभागि भएका थिए ।

नेपाली दुतावास क्यानबेराको तर्फबाट निर्मल भट्टराइले राजदुत महेशराज दाहालको संदेश सुनाएका थिए । कार्यक्रमम गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, क्यानबेराको नेपाली सामुदायिक संस्था अस्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाईटी र स्थानिय खेलप्रेमी युवाहरुको उपस्थिति रहेको थियो ।

सन् २०१४ स्थापना भएको उक्त ग्रुपका अस्ट्रेलियामा विभिन्न राज्यमा पाँचवटा शाखा छन् भने नेपालमा दुई कार्यालय छन् । सो ग्रुपले एजुकेशन एण्ड माईग्रेशन तथा सहरा होम मार्फत रियल इस्टेटको ब्यवसाय पनि गर्दै आएको छ ।