MENU

आफ्नै सपना मिसिएका स-साना परियोजनाहरू  

Mana Rishi Dhital
An editor at Nepalese Australian

लेखक खेम शर्माले यो पुस्तक मार्फत एक पूर्ण मानव निर्माणको सुत्र अगाडी सारेका छन् । मानसिक तथा शारीरिक रुपमा स्वस्थ, अनुशासित, आत्मनिर्भर, स्वाभिमानी, परिश्रमी र उद्यमी  मानव निर्माणको इन्जिनियरिंग यो पुस्तकमा छ ।

मैले २०२० मार्च २१ मा सामाजिक संजाल फेसबुकमा लामो जानकारी लेखेको रहेछु । २०२० को जनवरी ६ मा अस्ट्रेलिया आएका नेपालका तत्कालीन पर्यटन मन्त्री श्रदय योगेश भट्टराईको अनुरोधमा २०२०को मार्च महिनाका नेपालका प्रमुख विमानस्थलको सरसफाईको अनुगमन सकेर सामाजिक अभियान्त एवं लेखक खेम शर्माजी अस्ट्रेलिया फर्कदै गर्दा ट्रान्जिटको समयमा एउटा पुस्तक पढ्दै हुनुहुन्थ्यो ।

बिश्वभर फैलिएको महामारी आकाशिदै गरेकाले उहाँले अस्ट्रेलिया पुगे लगत्तै दुई हप्ताको अनिवार्य एकान्तबासमा बस्नु पर्ने थियो । त्यो समयमा आफुले एक दशक यता छुटेको आफ्नो लेख्ने पढ्ने काम फेरी सुरु गर्ने बताउनु भयो । कुरै कुरामा पुस्तक पो तयार हुन्छ कि भन्ने सम्बाद भयो ।

सन् २०१७ देखि २०२० भित्र नेपालमा अन्तरास्ट्रिय विमानस्थलको सरसफाई होस् कि बीर अस्पतालको सरसफाई अथवा १ जनवरी २०२० मा नेपाल टेकेर यो शताब्दिको तेश्रो दशकको पहिलो सपना देख्ने उनी लगाएत फरक धातुका केही युवाहरुको म भर्चुअल सहयात्री हुँदा गौरवान्वित थिए । आफैलाई अनुशासनको फलामे बार भित्र राख्दै बिचारमा आएको कुरा ब्यबहारमा उतार्ने खेम जीको स्वभावसँग म यसबीच परिचित भैसकेको थिए ।

मलाई पुस्तकसँग फेरी जोड्ने अमेरिकी समाजशास्त्री मित्र मेरी डेशेंन ज्युलाई सम्बोधन गर्दै त्यो दिन लेखे- “आदरणीय मेरी डेशेंनज्यु हाम्रो अभियानमा त अब केही अभियन्ताहरु लेखक भएर पनि आउने भए नि  । तीनको पुस्तकको प्रतिक्षा पनि गरौ है त ।”

प्रतिक्षाको घडी सकियो, चौध दिने एकान्तबासमा गर्भादान भएको उनको पुस्तकको पहिलो खेश्रा  चौध महिना पछी मेरो हातमा आइपुग्यो । अरु दुई महिना उनले शृंगारमा लगाए। सोह्र महिनामा जन्मियो “स्वर्णीम रहश्य।” लेखकलाइ बधाई।

लेखकसँगको मेरो निकटताले होइनकी पुस्तकको गहनताले मैले केही अक्षर कोर्ने प्रयास गरे । यो पुस्तकका प्रत्यक शब्द, भाव, उदाहरण र उद्दरणसँग म निक्कै नजिकबाट परिचित छु । यो पुस्तक एक साधक वा ध्यानीको मस्तिस्कको उपज हो । काल्पनिक शब्दहरु गुथेर लेखिएको कुनै बुद्धि विलास होइन ।

यो पुस्तकमा लेखकको बिचार, ब्यबहार, अभ्यास र पसिना मिसिएको छ । यो एक गैरसाहित्यिक तर जीवित पुस्तक हो । यो एक गैरआख्यान हो तर औपन्यासिक कृति हो । यो पुस्तक पढे पछी  हरेक पाठकले आफुलाई जीवनमा अनुशासित पात्र बनाउने प्रतिज्ञा गर्छ ।

यो पुस्तक भित्रका बिचार र  अभ्यासका सुत्र लागु गर्दा हरेकले आफुलाई जीवन गुजारिरहेको होइन कि बाचिरहेको अनुभव गर्नेछ । पुस्तक भित्रका सुत्र अध्ययन गरेर लागू गर्दा बौद्दिक रसास्वादन मात्र होइन कि ब्यबहारिक परिबर्तन सम्भव छ ।

लेखक खेम शर्माले यो पुस्तक मार्फत एक पूर्ण मानव निर्माणको सुत्र अगाडी सारेका छन् । मानसिक तथा शारीरिक रुपमा स्वस्थ, अनुशासित, आत्मनिर्भर, स्वाभिमानी, परिश्रमी र उद्यमी  मानव निर्माणको इन्जिनियरिंग यो पुस्तकमा छ । यो पुस्तक भित्रका बिचार र  अभ्यासका सुत्र लागु गर्दा हरेकले आफुलाई जीवन गुजारिरहेको होइन कि बाचिरहेको अनुभव गर्नेछ । पुस्तक भित्रका सुत्र अध्ययन गरेर लागू गर्दा बौद्दिक रसास्वादन मात्र होइन कि ब्यबहारिक परिबर्तन सम्भव छ ।

यो पुस्तकको अर्को महत्व पनि छ । यदि कोही आफुलाई आध्यात्मिक मार्गमा अगाडी बढ्न चाहन्छ भने यो पुस्तक ब्यबहारिक अध्यात्मको पहिलो खुट्किलो हो । पुस्तक पढ्दै र सुत्रहरु लागु गर्दै गएमा कसैले आफुलाई अध्यात्मको बाटोमा पाउछ भने त्यो साधक खेम शर्माको पाठकलाई आध्यात्मिक उपहार हो । यदि पाठकले यो पुस्तकका सुत्रहरु पढेर र लागू गरेर भौतिक रुपमा आफुलाई स्वस्थ र सुखी पाउछ भने  त्यो एक अनुशासित शिक्षकको उसलाई उपहार हो ।

एक मित्रको रुपमा मैले खेम शर्माको पाँच बर्ष यताको व्यवशायिक, सामाजिक, व्यक्तिगत र मनोबैज्ञानिक जीवनलाई नजिकबाट हेरेको छु । उनलाई मैले सुरुमा सिकारू विद्यार्थीका रुपमा भेटे । त्यसपछि एक साथीका रुपमा र अब यो पुस्तकको पढिरहदा  शिक्षकका रुपमा देख्न थालेको छु । उनका सामाजिक अभियानहरु, ब्यबसायिक कलाहरु र  व्यक्तिगत जीवनशैली सबैमा तादाम्यता छ । उनले यी सबै कुरा आफ्नो कडा परिश्रम र साधनाबाट हासिल गरेका छन् । उनी एक प्रयोग धर्मी र  अनुसन्धाता पनि हुन् । आफ्नो मस्तिष्कमा आएको योजनालाई उनी आफुसँग भएको मानवीय र भौतिक साधन श्रोतबाट परिक्षण गर्दछन र प्रमाणित गरेर लागू गर्दछन् ।

यो पुस्तक त्यो प्रयोग र परिक्षणको प्रमाणित प्रतिलिपि हो । पुस्तक तयार हुदै गर्दा बिहान सबेरैको ध्यान मैले ध्यानपुर्बक हेरेको छु । उनले ध्यान सुरुगरेपछी चराहरु कराएको र सिड्नी सहरका प्रभातकालीन साइरनहरुको आवाजले कुनै असर नगरेको ‘नोट’ गरेको छु । शारीरिक स्वस्थताका लागि घन्टौ दौडमा बिताएका प्रमाणहरु मसँग छन् ।  कैयौ मिनेट स्वास रोकेर चिसो पानी मुनी ध्यान गरेका दृश्यहरु मैले आँखा र क्यामेरामा खिचेको छु ।

आत्मनिर्भरताकालागि निर्धारित समयमै उनले आफै निर्माण गरेको स्वस्थ्य र स्वादिलो खानेकुरा सँगसँगै खाएको छु । त्यसैले म दाबी गर्छु – यो पुस्तक हामीलाई उनको एक अनुपम उपहार हो । तपाइको उपहार प्रति पक्कै हातमा आइपुग्यो होला ?

यो पुस्तक बेचेर धनी बन्ने उनको सपना छैन तर पुस्तकबाटै समाजसेवाको फरक नमूना पेश गर्ने योजना भने छ । भन्छन – म “एक्सिडेन्टल राइटर” हु, मेरो पुस्तक समाजलाई उपहार हो ।

कुरा यतिमै सकिएन । कोरोना महामारीको पनि अन्त्य भएको छैन । पुस्तकको बिमोचन सकिएको केही दिनमै फेरी सिड्नीमा हामी सबै दुई हप्ते अनिवार्य घरबास आदेशमा (Stay home order) छौ । हातहातमा  उपहार स्वरुप आइपुगेको पुस्तक मार्फत लेखकले पाठकको हेरचाह प्रेम पुर्बक गरेका छन् । यो पुस्तक बेचेर धनी बन्ने उनको सपना छैन तर पुस्तकबाटै समाजसेवाको फरक नमूना पेश गर्ने योजना भने छ । भन्छन – म “एक्सिडेन्टल राइटर” हु, मेरो पुस्तक समाजलाई उपहार हो ।

बिमोचनकै क्रममा भएको बिक्रिबाट प्राप्त हुने (करिब चार हजार अस्ट्रेलियन डलर) तीन लाख ५५ हजार नेपाली रुपैया नेपालका महामारी प्रभावित पत्रकारको लागि सहयोग गर्दै छन् भने बाँकि पुस्तक बिक्रिबाट प्राप्त हुने रकम नेपालका बिपन्न बिध्यार्थिलाई कापी वितरण गर्ने योजनामा  छन् । उनको यो पुस्तक त अब अर्को परियोजना पो बन्ने भो ।

एउटा लेखकले अर्को लेखकबाट आफ्नो सपना कसरी परियोजनामा परिणत भयो भनेर यो लेखमा बर्णन गरेका छन । दाया : लेखक धितालको मार्च २१ को फेसबुक स्ट्याटसको अन्श । दाया: लेखक शर्माले पुस्तकमा गरेको स्वीकारोक्ति

निगालोको कलम र जौको मसिले भोजपत्रमा लेखेर अक्षर सिकेको म जस्तो दुर्गमको बिद्यार्थीकालागि त्यतिबेला यस्तो कोहि अभियन्ता भेटिएन जसले आधुनिक कारखानामा निर्मित कापी कलम नासो पठाओस । एक हिसाबले यो पुस्तकको ससाना परियोजनासँग मेरो सपना पनि मिसिएको छ । म केही प्रति यो पुस्तक किनेर मेरा प्रियहरुलाई नासो पठाउने छु, लेखकले मैले किनेको रकमको कापी किनिदिएर ३५ बर्ष अघि मैले जस्तै अहिले पनि कापी किन्न मुस्किल हुने मेरा भाइ बहिनीलाई मेरै नाममा कापी पठाई दिने छन् । समाजसेवाको नयाँ नमूनाको कथा त्यो कापी प्राप्त गर्ने कोमल हातहरुले लेख्ने छन् । धन्यबाद ।