MENU

बहराइनको राजपरिवार सदस्यले सगरमाथा आरोहण गर्ने

Team including Bahrain’s prince arriving Nepal to climb Mt Everest
Team including Bahrain’s prince arriving Nepal to climb Mt Everest

बहराइनको राजपरिवारका सदस्य सहितको टोलीले सगरमाथा आरोहण गर्ने भएको छ। आरोहण टोलीका केही सदस्यले बिहीबार बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग भेटी सोबारे औपचारिक जानकारी गराएको हो।

दूतावासले दिएको जानकारी अनुसार राजपरिवारका सदस्यसहित १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आउन लागेको हो। चैत २ गते नेपाल आउने टोलीमा बहराइनी डिफेन्स फोर्सका १३ जना र तीन जना बेलायती नागरिक रहने बताइएको छ।

टोलीको आरोहणको आवश्यक तयारी सेभेन सम्मिट ट्रेक्स प्रालिमार्फत भइरहेको बताइएको छ।

उक्त टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफतालपूर्वक आरोहण गरेको थियो ।