MENU

बिगत २४ घण्टामा ब्रिसबेनमा थप दुई जनामा कोरोनाभाइरसको सामुदायिक सङ्क्रमण

Queensland Premier Annastacia Palaszczuk addresses the media during a press conference in Brisbane, Wednesday, 31 March, 2021. Source: AAP
Queensland Premier Annastacia Palaszczuk addresses the media during a press conference in Brisbane, Wednesday, 31 March, 2021. Source: AAP

ब्रिसबेन । बिगत २४ घण्टा भित्र क्वीन्सल्याण्ड राज्यमा दुई जनामा मात्र कोरोनाभाइरसको सामुदायिक सङ्क्रमण पुष्टि भएको छ । बुधवार बिहान संचारकर्मीसँग कुरा गर्दै क्वीन्सल्याण्ड राज्य कि प्रिमियर एनेस्तेसिया पलाशे उक्त जानकारी दिएकी हुन् ।

प्रिमियर एनेस्तेसिया पलाशेका अनुसार लकडाउनमा रहेको ब्रिसबेनबारे निर्णय आगामी बिहीबार गरिने छ । पछिल्ला दुई सङ्क्रमण मध्ये एक जना ब्रिसबेनका अन्य केसहरुको कारण बनेको प्रिन्सेस एलेक्साण्ड्रा अस्पताल कि एक नर्स र उनको घरमा बस्ने एक अर्का व्यक्तिमा पनि कोरोनाभाइरस पुष्टि भएको बताइएको छ।

गत शुक्रवार यता क्विन्सल्यान्डमा देखिएको कोभिड-१९ को सामुदायिक फैलावटलाई नियन्त्रण गर्न, सोमबार साँझदेखि तीन दिने लकडाउन अन्तर्गतका प्रतिबन्धहरू ब्रिसबेन लगायत अन्य चार काउन्सिल क्षेत्रहरूमा हाल लागू छन्।

प्रिन्सेस अलेक्सजान्ड्रा अस्पताल कार्यरत पहिलो पङ्क्तिका स्वास्थ्यकर्मीहरूबाट सामुदायिक सङ्क्रमण क्विन्सल्यान्डमा देखा परेको बताइएको छ।

क्वीन्सल्याण्ड राज्यमा कोरोनाभाइरसको कारण अहिले सम्म ६ जनाको निधन भैसकेको छ ।