MENU

तास्मानियाको हाेबार्टमा तीन जना कोरोना पोजेटिभ भेटिए

होबार्ट ।  अस्ट्रेलियाको तास्मानियामा रहेको  होटेल क्वारेनटाइनमा एक महिला र उनका दुई बच्चाको कोरोना भाइरस परिक्षता पोजेटिभ देखिएको छ । होवार्टस्थित वेस्ट वेस्टर्न होटेलको  क्वारेन्टिनमा  रहेका उनीहरूमा कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।
चार जनाको परिवार गत हप्ता भारतबाट चार्टर उडानमा होवार्ट आएका थिए । महिलाको श्रीमानको परीक्षणको परिणाम भने नेगेटिभ आएको छ । प्रिमियर पिटर गुटवेनले सो कुराको पुष्टि गरेका हुन् । करिब ३० बर्सिया आमामा लक्षण देखिएको तथा १० बर्समुनिका दुई बच्चामा भने लक्षण नदेखिएको उनले बताए । उनीहरूलाई रोयल होवार्ट अस्पतालमा लैजाने प्रिमियर गुटवेनले जनाए ।
तास्मानियाका चिफ मेडिकल अफिसर टोनी लवलेरले उनीहरूलाई छुट्टै वार्डमा उपचार गरिने बताए । प्रिमियर गुटवेनका अनुसार आगमन, यात्रा र क्वारेनटाइनमा खटिएका कर्मचारीहरूले स्वास्थ्य मापदण्ड अनुसार काम गरेका कारण कुनै पनि कर्मचारीलाई आइसोलेसनमा नराखिएको बताए । उनले यस समाचारले तास्मानियाका जनतामा सुरक्षा चासो बढ्ने भए पनि आफ्ना संयन्त्रले काम गरिरहेको स्पष्ट पारे ।
जनस्वास्थ्य निर्देशक मार्क भेचले स्वास्थ्य तथा क्वारेनटाइनका कर्मचारीहरूले पूर्णरुपमा सुरक्षा उपायहरू अपनाइरहेको तथा क्वान्टस विमानलाई यसबारे जानकारी गराइएको बताए ।भेचले १ लाख ५० हजार भन्दा बढी मानिसहरुको आगमनका क्रममा न्यून संख्यामा कर्मचारीहरुलाई कोरोना देखा परेको बताए ।
क्वारेनटाइनमा रहेका १सय १८ जनाको परीक्षण गरिएको तथा ९१ जनाको रिपोर्ट दिइएको छ भने अन्तिम रिपोर्ट बुधवार  आउने बताइएको छ । तास्मानियाका लागि अर्को उद्धार उडान डिसेम्बर २३ का लागि तोकिएको छ ।
सङ्क्रमितको सङ्ख्या बडेसँगै तास्मानियामा कोरोना भाइरस सङ्क्रमित २ सय ३१ पुगेको छ भने  कोभिडकै कारण १३ जनाको मृत्यु भइसकेको छ ।