MENU

अस्ट्रेलियाको तीन राज्यहरू लकडाउनमा

Three states in Australian lockdown

अस्ट्रेलियामा कोरोना भाईरसको संक्रमित संख्याबृद्धिसँगै तीन राज्यहरु साउथ अस्ट्रेलिया, भिक्टोरिया र न्यु साउथ वेल्स राज्यहरुमा लकडाउन भएको छ ।

न्यु साउथ वेल्स

न्यु साउथ वेल्स राज्यमा एक सय १० जना नयाँ संक्रमितहरु थपिएका छन् । बुधवार बिहान राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनका पत्रकार सम्मेलनमा बोल्दै डेल्टा भेरिएन्ट निकै खतरनाका भाइरस भएकोले संक्रमण नियन्त्रणमा चुनौति रहेको बताईन ।

राज्यबासीले सरकारले जारी गरेको प्रतिबन्धलाई पालना गर्दै टेस्टिङ गरेर साथ दिएकोमा प्रिमियर ग्लाडिस बेरिजिक्लियनले आभार ब्यक्त गरिन । राज्यमा कोरोना भाइरस दोस्रोको कारण पाँच जनको निधन भैसकेको छ ।

बुधवार देखि राज्यमा कुनै रोजगार दाताले कार्मचारिलाई घरबाटैकाम गर्न बंचित गर्छ भने १० हजार डलरको जरिवाना तिर्नु पर्छ ।

भिक्टोरिया

भिक्टोरिया राज्यमा बुधवार लकडाउनको दोस्रो हप्ता शुरुहुँदा २२ जना नयाँ संक्रमितहरु देखिएका छन् ।

प्रिमियर डेनियल एन्ड्रुले संचार माध्यामहरुमा दिएको जानकारी अनुसार राज्यका केही मिस्ट्री केसहरुको पनि कन्ट्रयाक ट्रेसिङ भैसकेको छ ।

यसेैबीच भिक्टोरियाले बुधवार राती ११:५९ बजे देखि साउथ अस्ट्रेलियासँगको सिमा बन्द गर्ने भएको छ ।

साउथ अस्ट्रेलिाया

साउथ अस्ट्रेलिायामा मंगलबार पाँचजनामा कोरोना भाइरसको पुष्टिभएपछि प्रिमियर स्टिभन मार्सलले एक साता लामो लकडाउन घोषणा गरेका छन् । उक्त लकडाउन मंगलबार साँझ ६ बजेदेखि लागुभएको छ ।

बुधवार राज्यमा एक जनामा मात्र कोरोना भाइरस संक्रमितको पुष्टि भएको छ । राज्यमा १६ भन्दाबढी स्थानहरु उच्च संक्रमित स्थलको सूचिमा राखिएको छ ।