MENU

विवेकशील पार्टीका संस्थापक उज्वल थापाको निधन

A leader of the Bibeksheel Sajha Party, Ujjwal Thapa, has passed away.
A leader of the Bibeksheel Sajha Party, Ujjwal Thapa, has passed away.

काठमाडौं– विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको मंगलबार अपराह्न साढे ४ बजे निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले ट्विटर र फेसबुकमार्फत जानकारी दिएका छन्।

उनलाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो। थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।

काे हुन् थापा?

काठमाडौंमा जन्मेहुर्केका र बूढानीलकण्ठ स्कुलमा पढेका उज्वल उच्च शिक्षाका लागि अमेरिका गएका थिए। तर, उनी देशमै केही गरौं भन्ने भावनाका साथ स्वदेश फर्किए। आफू किन अमेरिकामा नबसेर नेपाल फर्किएँ भन्नेबारे उनले एउटा ब्लगमा लेखेका छन्।

स्वदेश फर्केपछि थापाले विवेकशील नेपाली नामक समूह सुरु गरी त्यसमार्फत नेपालमा वैकल्पिक राजनीतिक संस्कृतिको सुरुवात गरे। उनको नेतृत्वमा विवेकशील समूहले बन्द–हड्ताल तथा हत्या हिंसासहितका गतिविधिको विरोधका लागि वैकल्पिक उपायहरु अपनाएको थियो।

पहिलो संविधानसभामा स्वतन्त्र रुपमा चुनाव लडेका विवेकशीलका केही सदस्यहरु दोस्रो संविधानसभामा भने राजनीतिक पार्टीका रुपमा विवेकशील नेपाली दलमार्फत चुनावमा भाग लिएका थिए।

नयाँ संविधान आएपछिको पहिलो आम चुनावमा साझा पार्टी र विवेकशील नेपाली दल मिलेर बनेको साझा विवेकशीलमार्फत भाग लिएका थिए। थापा र रवीन्द्र मिश्र एकीकृत पार्टीको सहअध्यक्ष बनेका थिए। तर सो एकता केही समयमै तोडियो।

थापा नेपालमा राजनीतिक चेतनाको आग्रह गर्दै वैकल्पिक राजनीतिक संस्कृति सुरु गर्ने नेताका रुपमा चिनिन्छन्।